जनउपकार साकोसले मनायो २६ औँ स्थापना दिवस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, पुस ६
दोलखा गौरीशंकर गाउँपालिका–२ मा अवस्थित जनउपकार बचत तथा ऋण सहकारी संस्थाले २६ औँ स्थापना दिवस मनाएको छ । २०५४ पुुस ५ गते आफ्नो सेवा सुभारम्भ गरेको सहकारीले मंगलबार २६ औँ स्थापना दिवस मनाएको हो ।
सहकारीले स्थापना दिवसको अवसरमा एक औपचारिक समारोहका साथै खुल्ला रक्तदान कार्यक्रम आयोजना ग¥यो । दिवस समारोहको उद्घाटन प्रतिनिधि सभाका नवनिर्वाचित सांसद गंगा कार्की (विश्व)ले गर्नु भयो । सो अवसरमा उहाँले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने अभियानमा सहकारीको भूमिका वृहत बनाइनु पर्ने बताउनु भयो । पुराना शैलीले सहकारी सञ्चालन गर्दा समस्या आउने भएकोले नीति, विधि र प्रविधिमा आधारित हुन सांसद कार्कीको आग्रह छ ।

संस्थाका अध्यक्ष लाकेन्द्र प्रकास खड्काले शेयर सदस्यको विश्वास, कर्मचारीको मिहिनेत र सञ्चालक समितिको कुलताका कारण सहकारीले विभिन्न चुनौतीको समाना गर्दै लामो अवधि पार गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले समुदायको आर्थिक विकाससँगै सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानमा जनउपकारले परिमार्जित र परिस्कृत हुँदै योगदान दिईरहेको बताउनु भयो । दिवसको अवसरमा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको छ ।

सहकारीका शेयर सदस्य, कर्मचारी र सञ्चालक समितिका पदाधिकारीसहित २३ जनाले रक्तदान गरेका हुन् । जिल्लामा रगतको आपूर्ति निरन्तर कायम राख्न र सहकारीको लोकप्रियता बढाउन स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका संस्थाका अध्यक्ष खड्काले बताउनु भयो ।
संस्थामा दुई हजार ४ सय ५४ बाल सदस्य र छ हजार ५ सय ५० शेयर सदस्य रहेका छन् । संस्थाको कुल पुँजी ३८ करोड १८ लाख ११ हजार १ सय ७० रुपैयाँ रहेको छ, भने संस्थाले ३० करोड ९६ लाख ४७ हजार ऋण लगानी गरेको संस्थाका व्यवस्थापक चुडामण्ी घिमिरेले बताउनु भयो ।

Shares

Be the first to comment on "जनउपकार साकोसले मनायो २६ औँ स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*