जिरीमा सिलाई तालिम

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ ८
महिलाहरुको सीप तथा क्षमता विकासको लागि जिरी नगरपालिकामा सिलाइ तालिम सुरु भएको छ । महिलाहरुलाई सीप सिकाई स्वरोगार बनाउन हिमालयन लिडरसिप बिकास केन्द्र जिरीले मंगलबारदेखि तीन महिने तालिम आयोजना गरेको हो ।

तालिमको उद्घाटन जिरी नगरपालिकाका प्रमुख मित्र जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकीले संयुक्त रुपमा गर्नुभएको थियो । सो क्रममा नगरप्रमुख जिरेलले तालिमबाट सिकेका सीपलाई व्यवहारिक कार्यान्वयन गरी आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले महिला सशक्तिकरणका लागि सिप र क्षमता विकास तालिम अपरिहार्य रहेको बताउँदै नगरपालिकाले चालु आवमा थुप्रै तालिमको आयोजना गर्ने योजना बनाएको बताउनुभयो ।

उपप्रमुख बुढाथोकीले बिना सीप उद्यम सम्भव नहुने भएकोले ध्यानपूर्वक तालिममा सीप सिक्न सहभागीहरुलाई आग्रह गर्दै अहिले तालिममा सहभागीहरु सबै उद्यमी बनेको हेर्न चाहेको सुनाउनुभयो । कार्यक्रममा हिमालयन लिडरसिप बिकास केन्द्रका जिरीका अध्यक्ष लोक बहादुर सुनुवारले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताउनुभयो ।

केन्द्रका अध्यक्ष सुनुवारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिरी नगरका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, वडा नं. ६ का वडा अध्यक्ष मरिचबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गनुभएको थियो । तालिममा १४ जनाको सहभागिता रहेको छ ।

Shares

Be the first to comment on "जिरीमा सिलाई तालिम"

Leave a comment

Your email address will not be published.


*