जिरी नगरपालिका–८ को वडा कार्यालय भवन उद्घाटन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, मंसिर २८
दोलखाको जिरी नगरपालिका–८ को नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । बागमती प्रदेशका वन तथा वातारण मन्त्री विशाल खड्काले बुधबार वडा कार्यालय भवन उद्घाटन गर्नु भएको हो ।
गत असारमै निर्माण सम्पन्न भएपनि उद्घाटन भने बुधबार गरिएको बताइएको छ । ९० लाखमा निर्माण भएको दुई तल्ले भवनमा आठ वटा कोठा र एउटा बैठक हल रहेको वडाध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । योसँगै जिरी नगरपालिकाको सबै वडा कार्यालय भवन निर्माण भएका छन् । भवन उद्घाटन समारोहमा जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, वडाध्यक्ष कृष्णबहादुर खत्री, वडा नं. २ वडाध्यक्ष निमपोल्दे शेर्पा लगायतले मन्तव्य व्यक्त गर्नु भयो ।

Shares

Be the first to comment on "जिरी नगरपालिका–८ को वडा कार्यालय भवन उद्घाटन"

Leave a comment

Your email address will not be published.


*