तामाकोशी गाउँपालिकामा सङ्ग्रहालय स्थापना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ६
दोलखाको तामाकोशी गाउँपालिकाले सुनुवार सङ्ग्रहालय निर्माण गरेको छ । सुनुवार जातिको संस्कृति संरक्षण, संवद्र्धन गर्ने उद्धेश्यले २७ लाख ६५ हजार खर्चिएर वडा नं. ७ हाँवामा सङ्ग्रहालय निर्माण गरिएको हो । संस्कृति संरक्षणका साथै पर्यटकीय पर्वद्धनका लागि निर्माण गरिएको सो संग्राहलयको आइतबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखेरलले उद्घाटन गर्नुहुँदै संस्कृति र मौलिकताको जर्गेनाको लागि सम्बन्धित समुदाय र स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको सुनाउनुभयो । सङ्ग्रहालय सुनुवार जातिको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका सामाग्रीहरु बाजागाजा, भेषभुषा लगायतका लोपोन्मुख सामाग्रीले सजिएको छ । सङ्ग्रहालयका जग्गादाता भुवानी सुनुवारलाई उद्घाटन समारोहमा सम्मान गरिएको पालिका अध्यक्ष पोखरेलले सुनाउनुभयो । यो सँगै वडा नम्वर १ भिरकोटमा माझी संग्रहालय, वडा नम्वर ४ मालुमा जनजाती संग्रहालय निर्माण सम्पन्न भएको छ । त्यसैगरी वडा नं. २ झुलेमा तामाङ संग्रहालय निर्माण भईरहेको छ । ठेकेदारमार्फत निर्माणाधिन सो संग्रहालयको काम अन्तिम चरणमा पुगेको छ । जातीय पहिचान तथा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्न निर्माण गरिएका संग्रहालयको प्रचारप्रसार हुन सकेमा कोशेढुङ्गा साबित हुने पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकामा सङ्ग्रहालय स्थापना"

Leave a comment

Your email address will not be published.


*