दीक्षण दैनिक आठ बर्षमा प्रवेश

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखाको सदरमुकाम चरिकोटबाट २०७३ साल मंसिर ५ गतेबाट प्रकाशन सुुरु गरेको यस दीक्षण दैनिकले साताँै बर्ष पार गरी आठौँ बर्षमा प्रवेश गरेको छ । दोलखा जस्तो हिमाली जिल्लाबाट हामी पत्रकारिता जग बसाल्ने क्रममा आजकै दिनबाट यस दैनिकको प्रकाशनलाई आरम्भ गरेका थियौँ । दोलखा जिल्ला विज्ञापन बजारमा सानो भएकाले प्रकाशन गरेको केही महिनामा नै पत्रिका वन्द हुन्छ ,भन्नेहरुलाई जवाफ दिदै निरतन्तर सात बर्ष दैनिकलाई प्रकाशनमा ल्याएको छौँ । आज हामी ८ बर्षमा प्रवेश गरिरहँदा दैनिकले निष्पक्षलाई जोड दिदै पत्रकारिताको मुल्य र मान्यतालाई कायम राखेको छ भन्ने हामीले विश्वास गरेका छौँ । यस दैनिकले आम नागरिकको जनजीविकालाई पहिलो प्राथमिकता दिनु पर्दछ भन्ने मान्यतालाई मुल मन्त्र मान्दै आएको छ । हामीले हाम्रो तर्फबाट गरिएका खवरदारीले सरोकारवाला निकाय थप उत्तरदायी बन्न बाध्य भएका छन् ।
सात बर्षमा पहिलो चरणमा भूकम्प पछि पुर्ननिर्माणमा खबरदारी गरेका थियौ । त्यसपछि आम नागरिकको समस्या ,विकास निर्माणमा ढिलासूस्ती तथा भ्रष्टचार विरुद्व हामीले खबरदारी गर्दैै आएका छौँ । त्यसैगरी संसारभर फैलिएको कोभिडका कारण हाम्रा सहकर्मी साथीहरु संक्रमणले ग्रसित भएको बेला पनि पत्रिकाको प्रकाशनलाई निरन्तरता दिएका थियौँ । देशभर प्रीन्ट संस्करण बन्द भईरहेको समयमा संकटको बेलामा पनि हामी झन उत्तरदायी बन्नु पर्दछ भन्ने मान्यतालाई निरन्तरता दिएका थियौ ।
पत्रिकाको मुल आम्दानी विज्ञापन नै हो । विज्ञापन बजार खुम्चीएको बेला पत्रिका प्रकाशन गर्नु चुनौतिपूर्ण छ । तर पनि हामी यसलाई निरन्तरता दिने छौ । दैनिकले अबका दिनमा प्रिन्ट संकरण मात्र नभएर अनलाइन संस्करणलाई पनि निरन्तरता दिदै आएको छ । समाजिक सञ्जाल तथा विद्युतिय आमसञ्चार विकाससँगै पत्रकारिताको दायरा झन फराकिलो भएको छ । पत्रकारिता क्षेत्रले समय सापेक्ष परिवर्तन हँुदै अहिलेको चुनौतिलाई समय अनुसार परिवर्तन हुनु अहिलेको आवश्यकता रहेको छ । प्रिन्ट संस्करणका साथै नयाँ आएका प्रविधिलाई प्रयोग गर्दै अनलाइनसंस्करण तथा अन्य प्रविधीलाई पनि निरन्तरता दिने छौँ।
हामी आठ बर्ष प्रवेश गरिरहदा हामीले निष्पक्षता कायम गदैै नागरिकका समस्यालाई उजागर गर्ने छौँ । भ्रष्टचार , अनियमितता,कुशासन विरुद्व हाम्रा कमल निरन्तर चल्ले छ । सधै भरी आमनागरिकको पक्षमा खबरदारी गर्ने छौ । यस दैनिकलाई यहाँसम्म ल्याउन सहयोग गर्नु हुने सुरु देखी हालसम्मका सहकर्मी साथीहरु ,विज्ञापनदाता ,पाठकबर्ग , अग्रज पत्रकारज्यूहरु , शुभचिन्तक प्रति आभारी छौ । अन्तमा हामी आगामी दिनमा पत्रकारीताको मुल्य मान्यता स्थापित गदैँ यस दैनिकलाई निरन्तरता दिने छौँ ।

Shares

Be the first to comment on "दीक्षण दैनिक आठ बर्षमा प्रवेश"

Leave a comment

Your email address will not be published.


*