दुई शतक बनेकाे खेलमा बैंग्लाेरकाे सानदार जित

Virat Kohli of Royal Challengers Bangalore celebrates his 100 runs during match 65 of the Tata Indian Premier League between the Sunrisers Hyderabad and the Royal Challengers Bangalore held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 18th May 2023 Photo by: Faheem Hussain / SPORTZPICS for IPL

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौ ःविराट कोहलीको शतक र कप्तान फाफ डुप्लेसीसँग पहिलो विकेटका लागि शतकीय साझेदारीको मद्दतले आईपीएलअन्तर्गत गएराति भएकाे खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गरेको छ । याेसँगै बैंगलाेरले प्लेअफ खेल्ने सम्भावना बलियाे पारेकाे छ । पहिले ब्याटिङ गरेको हैदरावादले हेनरिक क्लासेनको तेजतर्रार शतकको मद्दतले बैंग्लाेरलाई १ सय ८७ रनको लक्ष्य दिएको थियो । बैंगलाेरका ओपनर  कोहली र  डुप्लेसीले सुरुवातबाटै आक्रामक रन बटुलेर लक्ष्य सजिलाे पारे । दुवै ओपनरले पहिलो बलमै ठूला प्रहार गर्दै जितकाे बाटाे देखाएका थिए । विराटले पहिलो ओभरको पहिलो दुई बलमा चौका प्रहार गर्दा डुप्लेसीले पनि आफूलाई पछि राखेनन् । दुवै ब्याट्सम्यान १८औँ ओभरसम्म पिचमा रहे र पहिलो विकेटका लागि १ सय ७२ रनको साझेदारी गरे । विराटले ६३ बलमा १०० रनको इनिङ खेले भने डुप्लेसीले ४७ बलमा ७१ रन बनाए ।बैंग्लोर तीन बल बाँकी छँदै खेल जितेर अंक तालिकामा मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष चार टोलीमा प्रवेश गरेको छ । प्लेअफको दौडमा रहन बैंग्लाेरका लागि हैदरावादविरुद्ध खेल जित्नु निकै महत्वपूर्ण थियो । आईपीएलकाे जारी सिजनमा गुजरात टाइटन्स प्लेअफमा पुगेको छ । बाँकी तीन टोलीको टुंगाे लाग्न अझै बाँकी छ । बैंगलाेरले अब आफ्नो अन्तिम लिग खेलमा गुजरात टाइटन्ससँग खेल्नु पर्नेछ । 

क्लासेनको तुफानी शतक

यसअघि हेनरिक क्लासेनको तुफानी शतकको मद्दतले हैदरावादले बैंग्लोरलाई जितका लागि १ सय ८७ रनको लक्ष्य दिएको थियो । क्लासेनले मात्र ४९ बलमा शतक बनाए । उनले कुल १०४ रन बनाए ।हैदरावादले पहिलो चार ओभरमा २७ रन जोडेको थियो । पाँचौँ ओभरमा माइकल ब्रेसवेलले पहिलो बलमै अभिषेक शर्मालाई आउट गरे । अभिषेकले मात्र ११ रन बनाउन सके । एक बलपछि ब्रेसवेलले राहुल त्रिपाठीलाई पनि आउट गरे ।  त्रिपाठीले १२ बलमा १५ रन बनाए । त्यसपछि कप्तान इडेन मार्कराम र विकेटकिपर क्लासेनले रनको गतिलाई तीव्र पारे । क्लासेनले लगभग हरेक ओभरमा बाउन्ड्री प्रहार गरिरहे । ११औँ ओभरमा क्लासेनले २४ बलमा आफ्नो अर्धशतक पूरा गरे । १३औँ ओभरमा १८ रन बनाएर कप्तान मार्कराम आउट भए । दुवैले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे ।

यसपछि ह्यारी ब्रुक पिचमा आए र उनले क्लासेनसँग चौथो विकेटका लागि २२ बलमा अर्धशतकीय साझेदारी गरे ।खेलको १९औँ ओभरमा क्लासेनले छक्का प्रहार गर्दै शतक पूरा गरे । आफ्नो ५१ बलको इनिङ्समा क्लासेनले ६ छक्का र आठ चौकाको मद्दतमा १०४ रन बनाएका थिए ।त्यस्तै ह्यारी ब्रुक १९ बलमा २७ रन बनाएर अविजित रहे । बैंगलाेरका लागि माइकल ब्रेसवेलले दुई विकेट लिए भने मोहम्मद सिराज, शाहबाज अहमद र हर्षल पटेलले एक–एक विकेट लिए । 

Shares

Be the first to comment on "दुई शतक बनेकाे खेलमा बैंग्लाेरकाे सानदार जित"

Leave a comment

Your email address will not be published.


*