देवी माविको भवन उद्घाटन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन १०
दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित देवी माविको नवनिर्मित दुई वटा भवनको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सांंसद गंगा कार्की (विश्व)ले बुधबार एक समारोहका बीच नवनिर्मित भवन उद्घाटन गर्नु भएको हो । सो अवसरमा उहाँले भौतिक सुधार भएसँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले जीवनपयोगी र रोजगारमुखी शिक्षा प्रदान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्नु पर्ने बताउनु भयो ।
एसियाली विकास बैँक (एडिबी)को ६ करोड लागतमा भवन निर्माण भएको हो । तीन तल्लाको दुई वटा भवनमा नौ–नौ कोठमा रहेका छन् । खानी निर्माण जेभीले भवन निर्माण गरिदिएको हो । विद्यालयका प्रधानाध्यापक किशोर दाहालका अनुसार भवनसँगै छात्राछात्रमैत्री शौचालय र धारा निर्माण सम्पन्न भएको छ । प्रधानाध्यापक दाहालले नवनिर्मित भवनमा कक्षाकोठासहित शिक्षक कक्ष, पुस्तकालय, विज्ञान, सूचना र प्रविधि प्रयोगशाला कक्ष रहने बताउनु भयो । २०७२ को विनाशकारी भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेको थियो । भवन अभावले पठनपाठनमा असहजता भइरहेको बेला सुविधासम्पन्न नयाँ भवन निर्माण भएपछि पठनपाठन सहज हुने उहाँको भनाई छ ।

Shares

Be the first to comment on "देवी माविको भवन उद्घाटन"

Leave a comment

Your email address will not be published.


*