दोलखाका ५५ विद्यालय छनौट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन १०
दोलखाका ५५ वटा विद्यालय शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन तथा विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार कार्यक्रममा छनौट भएका छन् । बागमती प्रदेश, शिक्षा विकास निर्देशनालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सो कार्यक्रममा ५५ वटा विद्यालय छनौट भएका हुन् ।
शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन अनुदानका लागि २८ र विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार कार्यक्रम अनुदानका लागि २७ वटा विद्यालय छनौट भएका छन् । छनोट भएका विद्यालयहरुसँग फागुन मसान्तभित्र सम्झौता हुने निर्देशानालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाका ५५ विद्यालय छनौट"

Leave a comment

Your email address will not be published.


*