दोलखाको मालपोत कार्यालयमा सिसिटिभी क्यामरा जडान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल,
चरिकोट, असार १५
मालपोत कार्यालय दोलखामा सिसिटिभी क्यामरा जडान गरिएको छ । कार्यालयमा हुने कार्यको निगरानी तथा सुरक्षा व्यवस्था कायम गर्न सिसिटिभी क्यामरा जडान गरिएको हो । जग्गा सम्बन्धी कार्य तथा सेवा प्रवाह हुने कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड हुन्छ । त्यस्तो अवस्थामा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सिसिटिभी जडान गरिएको कार्यालयले जनाएको छ । कार्यालयका नायब सुब्बा लेखनाथ चौलागाईँले सेवाग्राही तथा कार्यालयको सुरक्षाको लागि कार्यालयको प्रवेशद्धार सहित कार्यालयको विभिन्न कार्यकक्षमा गरी दश वटा सिसिटिभी क्यामरा जडान गरिएको बताउनुभयो । सिसिटिभी खरीद तथा जडानमा एक लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । कार्यालयमा हुन सक्ने सम्भावित अप्रिय घटनाहरूको रोकथामका लागि प्रविधिको उपयोग गर्ने क्रममा सिसिटिभी क्यामरा जडान गरिएको हो । मालपोत कार्यालय जिल्ला प्रहरी कार्यालय नजिकै रहेको छ । यसले गर्दा पनि सुरक्षा प्रत्याभूति पर्याप्त रहेको छ । यद्यपि कुनै घटना भइहालेमा सिसी टिभीले अनुसन्धान कार्यमा सहयोग गर्ने बताइएको छ ।

Shares

Be the first to comment on "दोलखाको मालपोत कार्यालयमा सिसिटिभी क्यामरा जडान"

Leave a comment

Your email address will not be published.


*