दोलखामा एसइई तयारी कक्षा सञ्चालन हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार

चरिकोट, फागुन २

दोलखाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको लागि कोचिङ कक्षा सञ्चालन हुने भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा फागुन ८ गतेदेखि “हेमन्त प्रधान स्मृति निशुल्क एसइई तयारी कोचिङ कक्षा” सञ्चालन हुने भएको हो । विद्यार्थीहरुले एसइईमा राम्रो नतिजा ल्याउन् भन्ने उद्देश्यले एक महिनासम्म कोचिङ कक्षा सञ्चालन गर्न लागिएको नेपाल विद्यार्थी संघका अध्यक्ष भीम खड्काले ‌बताउनुभयो।‌ विद्यालयमा अध्ययन गरेका कुरालाई पुनःताजगी गराई उत्कृष्ट नतिजा हासिल गर्न कोचिङ कक्षाले सहयोग गर्ने उहाँको भनाई छ। विषय विज्ञ शिक्षकहरुबाट कक्षा सञ्चालन हुने हुँदा विद्यार्थीहरुले मौकाको फाईदा लिन उहाँले अनुरोध गर्नु भयो। शिक्षक राजेश बस्नेतले गणित, निरज आचार्यले अङ्ग्रेजी र युवराज पाठकले विज्ञान विषयको कक्षा दिनु हुने छ । नेपाल विद्यार्थी संघले प्रत्येक बर्ष एसइई तयारी कक्षा सञ्चालन गर्ने गरेको छ।

Shares

Be the first to comment on "दोलखामा एसइई तयारी कक्षा सञ्चालन हुने"

Leave a comment

Your email address will not be published.


*