दोलखामा तीन वटा पशु स्वास्थ्य क्लिनिक स्थापना हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन १०
दोलखामा चालु वर्षमा तीन वटा पशु स्वास्थ्य क्लिनिक स्थापना हुने भएको छ । बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम अन्तर्गत पहिलो चरणमा दोलखामा तीन वटा क्लिनिक स्थापना गर्ने भएको हो । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य सेवा पुग्न नसकेका स्थानमा क्लिनिक स्थापना गरी सेवा विस्तार गर्ने तयारी थालिएको जनाएको छ । पशुपन्छीको संख्या बढी भएको र भेटेरिनरी विज्ञ केन्द्रको पहुँचबाट टाढा रहेका ठाउँमा क्लिनिक स्थापना हुने मन्त्रालयका प्रवक्ता झलकनाथ कडेंलले बताउनु भयो । पशुपन्छी बिरामी परेमा उपचारका लागि किसानहरुलाई सहज होस् भनेर पहिलो चरणमा तीन वटा क्लिनिक स्थापना गर्न लागिएको उहाँले बताउनु भयो । उहाँका अनुसार बागमती प्रदेशको ३० स्थानमा क्लिनिक स्थापना गर्न लागिएको हो । जसमा काभ्रेमा पाँच, रामेछापमा दुई, सिन्धुपाल्चोकमा तीन, धादिङमा चार, चितवनमा चार, सिन्धुलीमा दुई, नुवाकोटमा एक, मकवानपुरमा तीन, रसुवामा दुई र ललितपुरमा एक वटा क्लिनिक स्थापना हुने मन्त्रालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा तीन वटा पशु स्वास्थ्य क्लिनिक स्थापना हुने"

Leave a comment

Your email address will not be published.


*