दोलखामा नयाँ डियसपी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २६
बिहिवार कार्यालय हाजिर हुनुभएका दोलखाका नयाँ डियसपी दिपक खड्काले शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ । डियसपी गंगा पौडेलको सरुवा भएपछि जिम्मेवारी सम्हाल्न यहाँ आइपुग्नु भएका डियसपी खड्काले दीक्षणकर्मीसँगको फोनवार्तामा यस्तो बताउनु भएको हो ।
उहाँले कोही कसैको दवाब र प्रभावमा नपरी विकृति, विसङ्गति र अपराधलाई नियन्त्रण तथा न्युनिकरण गरी शान्ति सुरक्षा कायम गरिने बताउनुभयो। जनताको जिउधनको सुरक्षा र शान्तिकोे प्रत्याभूति दिलाउन आफ्नो कार्यकालमा हरदम प्रयास गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । डियसपी खडकाले आफू सुझावको भोको रहेको उल्लेख गर्दै नागरिकको सुझाव र सल्लाह बमोजिम जिल्लामा भरपर्दो र विश्वसनिय सुरक्षा व्यवस्था बनाउने बताउनुभयो। अपराध न्युनिकरण, नियन्त्रण तथा अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड दिँदै कार्यसम्पादनमा प्रभावकारिता बढाउने उहाँको भनाई थियो । उहाँले सचेतना कार्यक्रम र कारबाहीमार्फत कानुन, नियमको पालना गराउदै सुसभ्य र सुसंस्कृत समाजको निर्माणमा जोड दिइने उल्लेख गर्नु भयो।

Shares

Be the first to comment on "दोलखामा नयाँ डियसपी"

Leave a comment

Your email address will not be published.


*