दोलखामा प्राथमिक तहको परीक्षामा दुई सय २३ जना उतिर्ण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखामा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा दुई सय २३ जना उतिर्ण भएका छन । पाँच सय ५१ पदका लागि भएको परीक्षामा दुई २३ जना उतिर्ण भएका हुन् । जिल्लामा माग गरेभन्दा कम परीक्षार्थी प्राथमिक तहको परीक्षामा उत्तीर्ण भएका हुन्। आयोगको तथ्यांक अनुसार लिखित परीक्षामा उतिर्ण भएकाहरुलाई गणना गर्दा दोलखामा अझै २८ पद रिक्त हुनेछ । आयोगले २०७८ साल चैत १९ गते र २०७९ असार १३ गते प्राथमिक तह शिक्षकका लागि लिखित परीक्षा लिएको थियो। उक्त परीक्षाको नतिजा अनुसार माग गरेभन्दा धेरै कम परीक्षार्थी उतिर्ण भएको देखिएको छ । तर यो परीक्षामा मावि र निमावि तहको भन्दा सन्तोषजनक नतिजा आएको आयोगले जनाएको छ। प्रावि तहको हालसम्म ५१ जिल्लाको नतिजा सार्वजनिक भएको छ।

Shares

Be the first to comment on "दोलखामा प्राथमिक तहको परीक्षामा दुई सय २३ जना उतिर्ण"

Leave a comment

Your email address will not be published.


*