दोलखामा वन डढेलो नियन्त्रणका लागि दस्ता टोली

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन १४
डिभिजन वन कार्यालय दोलखाले वन डढेलो नियन्त्रण दस्ता टोली नियुक्त गरेको छ । कार्यालयले पाँच महिनाको लागि माघ १५ गते १० जनाको दस्ता टोली करारमा नियूक्त गरेको हो । सहायक वन अधिकृत अलङ्कार ढुङ्गानाले वनमा डढेलोका घटनाहरु बढ्न थालेकोले सो को नियन्त्रणका लागि दस्ता टोली नियूक्त गरिएको बताउनु भयो । उहाँका अनुसार दस्ता टोलीलाई अग्नी नियन्त्रण सम्बन्धी अभिमुखीकरण तालिम र आवश्यक सामाग्री परिचालन गरिएको छ । टोलीलाई ज्याकेट, हेलमेट, जुत्ता सहितको पोशाक र अग्नी नियन्त्रणका आवश्यक औजारहरु उपलब्ध गराइएको छ । उनीहरुको जीवन बिमा कार्यालय गरिदिएको छ । दस्ता टोलीले डढेलोको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेर आगो नियन्त्रण गर्ने छन् । दस्ता टोलीले १० मिटरसम्म पानी फाल्न सक्ने जेट सटर र हिर्काएर आगो निभाउन फायर स्वार्टर प्रयोग गर्ने सहायक वन अधिकृत ढुङ्गानाले जानकारी दिनु भयो ।
मानवीय अज्ञानता, त्रुटी र असवाधानीका कारण आगलागीको घटना हुन्छ । त्यसले रुखबिरुवा, जडिबुटी, वन्यजन्तु, चराचुरुङ्गी लगायतमा क्षति पुग्छ । हरियाली देखिने वन जँगल डढेलोले उजाडिन्छ । प्रकृतिमा समेत कुरुपता पैदा हुन्छ । यस्तो अवस्था आउन नदिनका लागि पूर्व तयारी स्वरुप दस्ता टोली नियुक्त गरिएको सहायक वन अधिकृत ढुङ्गानाले बताउनु भयो ।
यो वर्ष लामो समयसम्म पानी नपर्दा जमिनको तापक्रम बढनुका साथै सुख्खापन बढेको छ । जसले गर्दा वन डढेलोको जोखिम बढ्नुका साथै डढेलोको घटनाहरु समेत वृद्धि भएको उहाँको भनाई छ । दस्ता टोलीले हालसम्म पाँच वटा वनमा लागेको आगो नियन्त्रणमा लिएका छन् । थप डढेलोका घटना हुन नदिन कार्यालयले दस्ता टोलीको परिचालनका अलवा वन उपभोक्ता समुहलाई सक्रिय बनाएर सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । चैत्रमा सप्ताहव्यापी वन डढेलो नियन्त्रण अभियान चलाइने सहयाक वन अधिकृत ढुङ्गानाले जानकारी दिनु भयो । गत वर्ष सचेतना कार्यक्रमको प्रभावले डढेलो घटना धेरै नभएको उहाँको भनाई छ ।
वनमा डढेलो लाग्नै नदिन आगोसँग लापरबाही गर्नुहुँदैन । त्यसैगरी वनका सुकेका घाँसपात, रुख, बुटाहरु बेलैमा हटाए आगलागीका घटना कम हुने उहाँले उल्लेख गर्नु भयो ।

Shares

Be the first to comment on "दोलखामा वन डढेलो नियन्त्रणका लागि दस्ता टोली"

Leave a comment

Your email address will not be published.


*