दोलखा उद्योग वाणिज्य संघको अधिवेशन फागुनमा हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १८
उद्योगी व्यवसायीहरुको छाता संस्था दोलखा उद्योग वाणिज्य संघको २३ औँ अधिवेशन फागुन १३ गते हुने भएको छ । मंगलबार बसेको संघको बैठकले बैशाखमा अधिवेशन गर्ने यसअघिको निर्णयलाई खारेज गर्दै फागुनमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
कार्यवाहक महासचिव विमल श्रेष्ठले अधिवेशन छिटो गर्न उद्योगी व्यवसायीहरुबाट दबाब आइरहेको र बैशाखमा अधिवेशन गर्दा ढिला हुने भएकोले फागुनमै अधिवेशन गर्ने निर्णय गरिएको बताउनु भयो । अधिवेशनको मिति तय भएकोले यसको सफलताको लागि तयारी सुरु भएको उहाँको भनाई छ । संघको २३ औँ अधिवेशन गत बैशाखमै हुनु पर्ने भएपनि स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको थियो । अधिवेशन गर्न ढिलाई भएपछि केही उद्योगीव्यवसायीहरुले वर्तमान सञ्चालक समितिको विरोध गर्दै अधिवेशन छिटो गर्न दबाब दिएका थिए ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघको अधिवेशन फागुनमा हुने"

Leave a comment

Your email address will not be published.


*