दोलखा महोत्सव हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, पुस २८
आगामी फागनु महिनामा दोलखा महोत्सव आयोजना हुने भएको छ । फागुन २१ देखि २७ गते सम्म दोलखा चेम्बर अफ कमर्सले चरिकोटमा महोत्सव आयोजना गर्न लागेको हो ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी खस्कँदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्ने र जिल्लाई समृद्ध बनाउने उद्धेश्यका साथ महोत्सव गर्न लागिएको चेम्बर अफ कमर्सले जनाएको छ । अध्यक्ष विष्णु श्रेष्ठले कोरोना महामारीले थलिएको व्यापारव्यवसाय लयमा फर्काउन र आर्थिक चहलपहल बढाउन महोत्सव आयोजना गर्न लागिएको बताउनु भयो । महोत्सवमा जिल्लाको पहिचान झल्किने साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत हुनुका साथै स्थानीयले उत्पादन गरेका औद्योगिक तथा कृषि सामाग्रीहरुको स्टल राखिने उहाँको भनाई छ । जिल्लाको आर्थिक, साँस्कृतिक तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि महोत्सवले महत्वपूर्ण टेवा पुग्ने उहाँले उल्लेख गर्नु भयो ।
जिल्लामा कोरोना महामारीका चार वर्षसम्म मेला महोत्सव ठप्प थिए । दोलखा उद्योग वाणिज्य संघले २०७६ मा महोत्सव आयोजनाको तयारी गरेपनि कोरोना कारण स्थगित गर्नु परेको थियो ।

Shares

Be the first to comment on "दोलखा महोत्सव हुने"

Leave a comment

Your email address will not be published.


*