नयाँ सेवा शुल्क निर्धारणका लागि कार्यदल गठन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २३
पशुपति चौलागाईँ स्मृति अस्पतालको सेवा शुल्क सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । अस्पतालले माघ लाग्नेबित्तिकै मंहगो सेवा शुल्क लिएको विषयमा चौतर्फी विरोध हुन थालेपछि नयाँ शुल्क निर्धारणको लागि कार्य दल गठन गरेको हो । अस्पताल सञ्चालक समितिको बैठकले डाक्टर ज्ञानेश्वर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरु सम्मिलित रहेका छन् । कार्यदलको सदस्यहरुमा स्वास्थ्य कार्यालय प्रमुख उत्तम खनाल, भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामबहादुर खड्का, नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के, नेपाल नागरिक समाजका अध्यक्ष दिपशंकर चौंलागाई, जनहित नागरिक समाजका अध्यक्ष लक्ष्मण खड्का लगायत रहेका छन् । सदस्य सविचमा अस्पतालका जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे रहनु भएको छ ।
कार्यदलका अध्यक्ष, डाक्टर श्रेष्ठले एक साता भित्र सेवा शुल्क सम्बन्धमा अध्ययन तथा शुल्क निर्धारण गरिने बताउनु भयो । अस्पताललाई व्यवस्थित र प्रभावकारी रुपमा दिगो व्यवस्थापन तथा सञ्चालनका लागि नयाँ सेवा शुल्क निर्धारण गर्न लागिएको उहाँको भनाई थियो । । निशुल्क उपचार सेवा प्रवाह गरिरहेको सो अस्पतालले आर्थिक संकट चुलिँदै गएपछि माघदेखि उपचारका लागि आएका सेवाग्राहीबाट सेवा शुल्क लिन निर्णय गरेको थियो । तर मंहगो भएको भन्दै निर्णय फिर्ता लिन चौतर्फी दबाब दिइएको थियो ।

Shares

Be the first to comment on "नयाँ सेवा शुल्क निर्धारणका लागि कार्यदल गठन"

Leave a comment

Your email address will not be published.


*