नाफा घटेसँगै तामाकोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा गिरावट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) ः दोलखामा रहेको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । बुधबार माथिल्लो तामाकोशीको शेयरको ३.८ प्रतिशतले घद्दा शेयर मुल्य २ समय ३३ रुपैयाँ भएको छ । भदौको दोस्रो साता हक प्रद शेयर (राइट शेयर ) खोल्ले तयारीमा आयोजनाको यही साउन २६ गते बुक क्लोज गरेको थियो । बुकक्लोज पछि शेयर समायोजन हुँदा यसको प्रतिशेयरको मूल्य प्रतिशेयर २ सय ४३ रुपैया कायम भएको थियो । बुक क्लोज गर्दा समायोजन हुँदा मुल्य आधा घटेको भएपनि तामाकोसी शेयर मुल्य हाल आएर अझै घट्नुको कारण गत आर्थिक वर्षमा कम्पनीको नोक्सानी बढेको रिपोर्ट सार्वजनिक हुनु हो । कम्पनीको गत आर्थिक वर्षमा नोक्सानी बढेर ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ पुगेको छ । एक बर्षमा कम्पनीको नोक्सान १ अर्ब ४१ करोड रुपैयाँ बढेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा एक बर्षमा घाटा २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँमात्र थियो । गत हिउँदमा नदीमा पानीको मात्रा घटेको कारण विजुली उत्पादन कम भएको र त्यसले आम्दानीमा समेत असर पु¥याएको कारण घाटा बढेको कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक बर्ष आयोजनाले विजुली बिक्रीबाट ८ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक बर्ष २०७८÷०७९ मा भने आयोजनाले ७ अर्ब ११ करोड ६७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । हकप्रद सेयर निष्कासनपछि वित्तीय अवस्थामा सुधार हुने कम्पनीले जनाएको छ । कम्पनीले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २२ गते स्वीकृति प्राप्त गरेको छ । अपर तामाकोसीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि अपर तामाकोसीको चुक्ता पुँजी बढेर २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । यसबाट उठेको रकम रोल्वालिङ डाइभर्सन निर्माणमा लगानी हुने बताइएको छ । डाइभर्सन निर्माणको जिम्मा हाइ हिमालय हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीले पाएको छ । रोल्वालिङ डाइभर्सन निर्माण निर्माण पछि हिउँदमा वार्षिक साढे ३१ करोड युनिट बिजुली थप हुने छ । त्यसपछि आयोजनाको आम्दानी वार्षिक २ अर्ब रुपैयाँ थप हुने अनुमान छ । माथिल्लो तामाकोसीले जलविद्युत आयोजनाबाट २०७८ भदौ २५ गतेदेखि व्यावसायिकरूपमा विद्युत उत्पादन सुरु भएको थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण भएको देशको पहिलो ठूलो आयोजना हो । नेपाल विद्युत प्राधिकरण , नागरिक लगानी कोष, नेपाल टेलिकम राष्ट्रिय बिमा संस्थान तथा सर्वसाधारणको लगानीमा यो आयोजना बनेको हो ।

Shares

Be the first to comment on "नाफा घटेसँगै तामाकोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा गिरावट"

Leave a comment

Your email address will not be published.


*