नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहद्धारा आज दोलखामा विरोध प्रर्दशन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले आज दोलखामा विरोध प्रर्दशन गरेको छ । सदरमुकाम चरिकोटमा गरिएको विरोध प्रर्दशन सो पार्टीका नेता तथा कार्यकता सहभागि भएका थिए । “चर्को महँगी तथा भष्ट्रचार नियन्त्रण नभए सो पार्टीले कडा आन्दोलन गर्ने बताएको छ । त्यसैगरी बैँक,सहकारी ,लघुबित्तको चर्को व्याज तथा मिटर व्याजी विरुद्व” आन्दोलन गरिएको सो पार्टीले जनाएको छ । नारा जुलुश सहित चरिकोट परिक्रमा गरीएको सो प्रर्दशन सातदोबाटोमा कोणसभामा परिणत भएको थियो । कोणसभा बोल्दै बक्ताले चर्को महँगीले जनता मारमा परेको बताउनु भएको थियो । बैँक तथा सहकारी चर्को व्याजमा जनतामा मारमा परेको बताएका थिए । लघुवित्त आतंकले जनताको उठीवास भएको बक्ताले बताएका थिए ।

Shares

Be the first to comment on "नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहद्धारा आज दोलखामा विरोध प्रर्दशन"

Leave a comment

Your email address will not be published.


*