नेपाल सेमिफाइनलमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट खेलको सेमिफाइलमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटको हराउदै नेपाल सेमिफाइनलमा पुगेको हो । मलेसियाले पहिले व्याटीङ गर्दै जितको नेपाललाई लागि १ सय ६६ नेपाललाई रनको विजयी लक्ष्य दिएको थियो । नेपाल उक्त लक्ष्य १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भएको थियो । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । ओमानले पनि मंगलबार नै भएको खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेसँगै समुह ए बाट सेमिफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । ओमानको नेटरनरेट १.३५० र नेपालको १.३२२ रहेको छ । समुह विजेताको लागि नेपाल र ओमान विच विहिबार खेल हुदै छ । उक्त खेलमा विजेता टिमले समुह विजेता हुने छ । समूह ए को विजेता टोलीले समूह बी को उपविजेता र समूह ए को उपविजेता टोलीले समूह बी को विजेतासँग खेल्ने छन् । सेमिफाइनलमा पार गरी फाइनलमा पुग्ने दुई राष्ट्रले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

Shares

Be the first to comment on "नेपाल सेमिफाइनलमा"

Leave a comment

Your email address will not be published.


*