नेविसंघ दोलखाद्वारा सर्ट रेसको आयोजना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा सर्ट रेसको आयोजना गएिको छ । शनिवार विहान नेपाल विद्यार्थी संघ दोलखा शाखाले सो रेसको आयोजना गरिएको हो ।
स्थानीय सातदोवाटो बाट सुरु भएको २ दशमल ५ किलो मिटर दुरीको दौडमा भीम मावि दोलखाका छात्र विष्णु थामी १० मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै प्रथम, क्षमावती मावि का भुपेन्द्र थामी द्वितीय तथा कालिञ्चोक माविका रुपेश तामाङ तृतीय भएको नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिनुभयो । प्रतियोगीहरुलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताएको छ । प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेस दोलखाका सभापति वर्मा लामाले रेफ्रीलाई सिट्ठी हस्तान्तरण गरी गर्नु भएको थियो ।नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, विशेष अतिथि भीमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धर,विशेष अतिथि कालिन्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, अतिथि नेपाली काङ्ग्रेसका नेता महाधिवेशन प्रतिनिधि बाबुकाजी बस्नेत, लगायतको सहभागिता रहेको थियो ।

प्रथमः विष्णु थामी, भीम मावि दोलखा १० मिनेट ४७ सेकेन्ड

दोश्रोः भुपेन्द्र थामी, क्षमावती मावि ११ मिनेट २७ सकेन्ड

तृतीयः रुपेश तामाङ, कालिन्चोक मावि ११ मिनेट ४९ सेकेन्ड

चौथोः यामे तामाङ, गौरीशंकर बहुमुखी क्याम्पस ११ मिनेट ५९ सेकेन्ड

पाचौः आसिस राउत, अल्पाइन पब्लिक स्कुल १२ मिनेट ०७ सेकेन्ड

छैठौः फुर्वा लामा, मोडर्न नेपाल १२ मिनेट १० सकेन्ड

Shares

Be the first to comment on "नेविसंघ दोलखाद्वारा सर्ट रेसको आयोजना"

Leave a comment

Your email address will not be published.


*