पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल,दोलखा। दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थित साखिने-नेवार गाउँमा परापुर्व कालदेखी सञ्चालनमा आएको पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण गरिएको छ।
स्थानीय वासिन्दाले वषौंदेखि प्रयोग गर्दै आएको पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण गरिएको वडा नम्बर ७ का वडाध्यक्ष विनोद तमाङ ले बताए ।

यो धारा निर्माण गर्नका लागि वडा नं ७ को १ लाख रकम र स्थानीयको २० हजार बराबरको श्रमदानबाट निर्माण भएको छ । नेवार गाउका ९० वर्ष का मिश्री श्रेष्ठ र ७८ वर्ष का दिलकुमारी श्रेष्ठ जेष्ठ मान्यजनले सोहि धारको उदघाटन गरे । उक्त धाराबाट लगभग ३० घरधुरी लाभान्वित भएका छन्। त्यही पलाएको पानीलाई अहिले धारा जडान गरेर व्यवस्थित बनाएपछि यहाँ का स्थानीयबासी हर्षित भएका वडाअध्यक्ष तामाङले बताए ।

Shares

Be the first to comment on "पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण"

Leave a comment

Your email address will not be published.


*