फल फलेको रुखले ढुंगामुडा सहनुपर्छ ः नर बहादुर श्रेष्ठ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

स्थानीय तहको निर्बाचन भएको ३ बर्ष भएको छ । स्थानीय सरकारले ३ वटा बजेट कार्यान्वयन गरेका छन् भने ४ औ बजेट हाल प्रस्तुत भएकोछ । यही सन्र्दभमा दीक्षण दैनिकका लागि श्रृजन कुमार घिमिरेअर्जून अपबादले यही सेरोफेरोमा मेलुङ गाउँपालिकाका अध्यक्ष अध्यक्ष नर बहादुर श्रेष्ठसँग गरेको अन्र्तबार्ता

 तपाँईहरुले ४ ओटा बजेट बनाईसक्नुभयो । चुनावका बेलामा जनतासँग गरेका वाचाहरु कति  पुरा भए ?

हामीले चुनावका बेलामा गरेका प्रतिवद्धताहरुमा धेरै पुरा गरेका छौं । जनताहरुले अरबौं अरबका योजनाको अपेक्षा गरेका छन् । यो पाँच वर्षमा पुरा हुन सम्भव छैन । समृद्ध मेलुङ बनाउनका लागि शिक्षाका स्वास्थ्यका सडक पर्वाधारका कुरा, खानेपानीका कुरा लगायतमा केन्द्रित रहेर काम गरिरहेका छौं । गाउँपालिकाले बहुत सुझबुझका साथ कार्यक्रमहरु अगाडि बढाएका छौं ।
यस वर्षको नीति कार्यक्रममा हामीले स्थानीय सडक पुर्वाधार समृद्ध मेलुङको आधार भन्ने नारा तय गरेका छौं । यस नारालाई साकार पार्नका लागि हामीले पहिलो बजेट ७४÷७५ देखि नै गाउँपालिकाका १३ सडकलाई पालिकाका गौरवका आयोजनाका रुपमा छनौट गरेर काम अगाडि बढाएका छौं । २०५१ सालमा मनमोहन नेतृत्वको सरकारले सुरु गरेको आफ्नो गाउँ आफैं बनाऔं र ९ ‘स’ को कार्यक्रमलाई पनि हामीले अगाडी बढाएका छौं । विदेशमा रहेका नेपालीहरु गाउँ गाउँ फर्कने अवस्था सिर्जना भएकाले यो कार्यक्रम अगाडी बढाएका हौं । अहिलेको कोरोना
भाईरसले सिर्जना गरेको अवस्थालाई दृष्टिगत गरि अहिले हामीले उद्यमी बनौं विदेशिन रोकौं भन्ने नारासहित हामी अगाडि गइरहेका छौं । हिजोजस्तै विदेशमा अव काम पाउने सम्भावना कम भएको छ ।
कोरोना फैलिएपछि सुरमा हामीले जनचेतनाका कार्यक्रमहरु सञ्चालन ग¥यौं । स्वास्थ्यकर्मीहरुलाई आवाश्यक सामानहरु व्यवस्था गर्ने र व्यवस्थित क्वारेन्टाईन बनाएर विदेशबाट आउने मानिसहरुका लागि व्यवस्थापन गरेका छौं । अहिले पनि हामी कोभिडका कारण मर्कामा परेका जनताहरुलाई वडाध्यक्षको सिफारिसमा दाल चामलको व्यवस्थापन ग¥यौं । त्यो संख्या एकदमै कम रह्यो । आगामी दिनमा पनि विपदका क्षेत्रमा काम गर्नका लागि १ करोडको अध्यक्ष विपद व्यवस्थापन कोष बनाएका छौं ।
पालीकामा बसोबास गर्ने व्यक्तिहरुको मृत्यु हुँदा परिवारलाई ५ हजार सहयोग गर्ने कार्यक्रम यस बजेटमा सुरु गरेका छौं । स्वास्थ्य संस्थामा सुत्केरी भएवापत ५ हजार प्रोत्साहन दिन्छौं । न्यानो कपडा पनि प्रदान गरिन्छ । यहि साउनबाट यो व्यवस्थाहरु लागु हुन्छ । कृषि क्षेत्रमा बाँदरले क्षति गरेको किसानबाट गुनासो आएपछि हामीले यस क्षेत्रमा पनि बजेटको व्यवस्था गरेका छौं । अग्र्यानिक मेलुङ निर्माणका लागि हामी काम गरिरहेका छौं । ७ वर्षका बालकहरुमा पनि क्यान्सर हुने अवस्था सिर्जना हुने भैसकेको अवस्था छ । यस्तो अवस्थामा सुधार गर्नका लागि हामी काम गरिरहेका छौं । म सबैमा आग्रह पनि गर्न चाहन्छु अव हामी अग्र्यानिक खेतीतर्फ लागौं ।
कृषि उत्पादन ढुवानी सहज बनाउनका लागि फास्ट ट्रान्सपोर्टेशन सर्भिसका लागि हामीले ३० लाख विनियोजन गरेका छौं । यसले कृषि उत्पादन बजारमा पुग्न सक्छ ।हामीले गाउँपालिकाका केन्द्र पुग्ने सडकहरु यहि कार्यकालमा पुरा गर्ने गरि काम गरिरहेका छौं । यसका लागि विभिन्न दाता तथा प्रदेश र संघसँग समन्वय भईरहेको छ । अन्तरदेशिय रुपमा विकास हुन सक्ने सम्भावना ाभएको रातोपाटी चरङ्गे भ्याकुरे सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यसले तामाकोसी नदिबाट उत्खनन गर्न सकिने बालुवा गिट्टी निकाल्नका लागि सहज बनाउनेछ । यसले गाउँपालिकालाई अन्य क्षेत्रमा पनि सहयोग हुनेछ ।
विभिन्न सडकहरलाई प्राथमिकतामा राखेर वर्षाको समयमा पनि सञ्चालन हुन सक्नेगरि काम गरिरहेका छौं ।

धेरै काम गरेको बताउनुभयो । जनताका कुरा सुन्ने हो भने तपाँइ त आलोचनाको केन्द्रमा हुनुहुन्छ नि ?

लटरम्म फल फलेको रुखले ढुंगामुडा पनि सहनुपर्छ । लाठी पनि सहनुपर्छ । बाँदरसँग पनि जुध्नुपर्छ । अहिलेको परिस्थिती त्यहि हो । केपी ओली, प्रदेशका प्रमुख गाउँपालिकाका प्रमूख उपप्रमुख वडाध्यक्षहरुलाई गाली नगरे केहिलाई त चिया गफ नै सुरु नहुने अवस्था छ । स्वस्थ आलोचनाको पक्षमा म पनि छु । अस्वस्थ, छुद्र, असभ्य, गैरकानुनी कुरा गर्ने जुन तरिका छ यसमा म सहमत छैन । गाउँपालिकाले गरेका कामहरु विधिसम्मत छन कि छैनन् ? यसमा टेकेर कुरा भएको भए हुन्थ्यो । त्यसरी भएको छैन । आलोचनाका लागि आलोचना भएको छ । अहिले स्वतन्त्रता छ । स्वतन्त्रताको नाममा स्वछन्दता छ । चिन्तनको दरिद्रता छ । एउटै सिद्धान्त र विचार लिएका साथीहरुले पनि असहयोग गर्ने र खुइल्याउने काम भएको छ । विपक्षका साथीहरुले त विरोध गर्ने नै भए । म अहिले पनि आग्रह गर्छु तथ्य र तर्कमा टेकेर स्वस्थ आलोचना गरिदिनुस । गल्ति गर्नेलाई कारवाही गर्न छोड्नुहुन्न भनेर म पनि भनिरहेको छु । पालिकामा पुरै भ्रष्टचार छ भन्ने जस्तो गोलमोटल कुरा गरेर त भएन । लाग्दैमा हुँदैन । प्रमाणित हुनुपर्छ । गाउँगाउँमा सडकहरु बनेका छन् । वस्तीवस्ती टोलटोलमा सडक पुगेको छ । कति ठाउँमा जनता मेरो आँगनमा सडक पुगोस तर मेरो जग्गा चाँहि सडकमा पर्नुहुन्न भन्ने गर्छन । यसले पनि समस्या ल्याएको छ ।विद्यालयमा रहेका भवनहरु निर्माणका काम अन्तिम चरणमा छन् । यसमा पुस्तकालय लगायतका कामहरु पनि भैरहेका छन् । त्रिभुवन मावीमा प्राविधिक शिक्षा सुरु गर्ने र नमुना विद्यालय बनाउने भन्ने कुरा अगाडि बढिरहेको छ ।

त्रिभुवन मावि नमुना बनाउन विनियोजन भएको १ करोड ५० लाख बजेट त तपाईकै कारण फ्रिज गयो त ?
यसका बारेमा वास्तविक कुरा मैले अगाडि पनि राखिसकेको छु । त्यो विद्यालयलाई नमुना बनाउने कामको स्विकृत नै मैले गाउँ शिक्षा समितिको अध्यक्षको हैसियतमा गरेको हुँ । यसपछि नमुना पुर्वाधार कार्यक्रम भनेर ७५÷७६ मा १ करोड ५० लाख आयो । विद्यालयको खातामा त्यो पैसा गयो । २०७६ को असार मसान्तसम्म त्यो काम सक्नुपर्ने र हामीले डकुमेन्ट पाउनुपर्ने थियो । पटकपटक हामीले कुराकानी ग¥यौं । महालेखा परिक्षकले यसलाई बेरुजुमा औंल्यायो । ७७ असार ३० गते उहाँहरुले डकुमेन्ट लिएर आउँदा ढिला भएको थियो । पहिलाकै पैसामा महालेखाले उल्लेख गरेपछि डकुमेन्ट नभई हामीले थप पैसा दिन सकेनौं । राज्यकोषबाट आएको पैसा राज्यकोषमै फिर्ता भयो । यो चिनलाई, भारतलाई दिएको हैन । व्यक्तिसँगको यसमा कुनै कुरा हैन । विधि नपुगेपछि फिर्ता भयो । यसमा हाम्रो पनि कमजोरी हुन सक्छ । म के पनि प्रतिवद्धता गर्छु भने त्यो फिर्ता भएको पैसा यहाँ ल्याउनका लागि म संघ, प्रदेशसँग समन्वय गर्छु । गुरुयोजनाअनुसार काम गर्नका लागि पैसा आएन भने पालिकाबाट नै विनियोजन गर्ने काम गर्छु ।
 अन्तमा केहि कुरा छ कि ?

अहिले गाउँपालिकाका सबै वडामा स्वास्थ्य युनिटहरु खडा गरिएको छ । गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर बनाउने गरि काम गरिरहेका छौं । हाम्रो शैलुङ्ग धेरै सम्भावना भएर पनि ओझेलमा परेको छ । अव हामी शैलुङ्ग महोत्सव गर्नेछौं र त्यसको उद्घाटनका लागि प्रधानमन्त्री केपी ओलीलाई ल्याउने गरि काम अगाडि बढिरहेको छ । म अव युवाहरुलाई भन्छु अव देशका लागि रगत हैन पसिना बगाउने दिन आयो । यसमा हामी सबैले व्यवसायीक खेती तथा पशुपालन गर्नु लागौं । शैलुङ्गमा रहेको जुरेढुंगामा हामीले विभिन्न काम गरेका छौं । शैलुङ्गमा हिन्दु तथा वौद्ध धर्मालम्बीहरु आउने वातावरण बनाईरहेका छौं । ५ वर्षमा सबै जनताको अपेक्षा पुरा गर्न सकिएन होला । तर सबै पक्षलाई चित्त बुझाउने गरि काम गरिरहेको छु ।

Shares

Be the first to comment on "फल फलेको रुखले ढुंगामुडा सहनुपर्छ ः नर बहादुर श्रेष्ठ"

Leave a comment

Your email address will not be published.


*