बस्नेतको पहलमा श्री विरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल, दोलखा। भिमेश्वर नगरपालिका वडा नं ७ स्थित श्री बिरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण गरिएको छ। आज उखुबारीका सामाजिक अभियन्ता तथा पुर्व विद्यार्थी निरज बस्नेतको पहल र पुर्व विद्यार्थी समाज उखुबारीको सहयोगमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्री वितरण कार्यक्रमको उद्घाटन भिमेश्वर नगरपालिका नगर प्रमुख इश्वर नारायण मानन्धरले गर्नुभयो। वितरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख मानन्धरले सामाजिक अभियन्ता निरज बस्नेत र पुर्व विद्यार्थी समाज उखुबारीको उदाहरणीय अभियानले संकलन गरेको सहयोग बालबालिकाहरुका लागि ठुलो राहत मिल्ने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यसरी नै हातेमालो गर्दै अघि बढे सबै बालबालिका शिक्षाको पहुँचमा ल्याउन सकिने बताए । त्यस्तै बस्नेतले करिब १ महिना अघि सामाजिक सञ्जाल फेसबुक मार्फत विद्यार्थीको लागि शैक्षिक सामग्री जुटाउनको निमित्त अभियान चलाउदै आएका थिए। त्यहि संकलन अभियानमा पुर्व विद्यार्थी समाजको दरो साथ सहयोग रहेको थियो । उक्त अभियान चलाए बापत उठाएको १ लाख ४ हजार ३ सय ५१ रुपैयाँ बराबरको रकम सङ्कलन भएको मध्ये शैक्षिक सामग्री जुटाउनको लागि करिब १ लाख ७ हजार ९ सय १० रुपैयाँ खर्च लागेको उहाँको भनाइ छ। जसमा ट्राकसुट ४९ हजार,ब्याग ४६ हजार, खेलकुद सामग्री ११ हजार ४ सय १० र खादा -ब्यानरमा १ हजार ५ सय रुपैयाँ बराबरको खर्चको विवरण समेत कार्यक्रममा सार्वजनिक गर्नुभयो। उहाँले शैक्षिक सामग्री जुटाउनको लागि केही रकम अभाव भएको खण्डमा स्वयंम आफैले रकम जुटाएर सामाग्री उपलब्ध गराएको बताए। वितरण कार्यक्रममा अध्ययनरत बालबालिकाको अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो। सोही अवसरमा सामाजिक अभियन्ता बस्नेतले भन्नुभयो “आगामी दिनमा पनि साथ र सहयोग पाए भने विधालय तथा गरिब,दुखि जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरिने छ : कोही व्यक्ति पैसाको अभावले उपचार खर्च जुटाउन नसकेको खण्डमा यस्तै फलदायी कार्य गरि उपचार खर्च जुटाइने छ । ” कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्का,वडा सदस्य रघुनाथ कार्की, निवर्तमान वडा सदस्य हरिकृष्ण बस्नेत,सामाजिक अभियन्ता सुबास बस्नेत, श्री कृष्ण भुजेल लगायतले मन्तव्य राखेका थिए। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा पुर्व विद्यार्थी निरज बस्नेत,न्यु जेनेरेशन युवा क्लबका वडा नं ८ का अध्यक्ष सुबास बस्नेत , श्रीकृष्ण भुजेललाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेको छ । वितरण कार्यक्रममा वडा सदस्य रघुनाथ कार्की, पत्रकार, सामाजिक अभियन्ता,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अविभावक लगाएतको सहभागिता रहेको थियो।

Shares

Be the first to comment on "बस्नेतको पहलमा श्री विरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*