बैतेश्वर गाउँपालिकामा तीज विषेश कार्यक्रम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ १३
दोलखाको बैतेश्वर गाउँपालिकामा तीज विशेष साँस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कला, संस्कृति र रितीरिवाजलाई संरक्षण र संवद्र्धन गर्ने उद्धेश्यका साथ गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा पालिकाका महिला समूहहरुले गायन तथा नृत्यमा प्रतिस्पर्धा गरेका थिए । जसमा चारवटा महिला समुह तीज गित तथा नृत्य प्रस्तुत गरी पुरस्कृत भएका छन् ।

प्रतियोगितामा मोतिराम महिला समूह प्रथम, पशुपति गाउँ महिला समूह दोस्रो, चेतनशील महिला समूह तृतीय र वडा नं. ५ को महिला समूह सान्त्वना हुन सफल भएको थियो । विजेता समूहलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष उप्रेतीले गाउँपालिकाको साँस्कृतिक तथा रीतिरिवाज, कला धर्म झल्काउने तथा पुराना साँस्कृतिक परम्पराको संरक्षण गर्न गाउँपालिकाले योजना बनाएर काम गरिरहेको बताउनुभयो । तीज विशेष कार्यक्रममा विभिन्न वडाबाट सहभागी दुई सय जना महिलाहरुलाई दर समेत खुवाइएको थियो ।

कार्यक्रममा वडा नम्बर–३ का वडा अध्यक्ष कमल अधिकारी, वडा नम्बर–६ का वडा अध्यक्ष असोक तामाङ, वडा नम्बर–७ का वडााध्यक्ष मिनकुमार शिवाकोटी, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौलागाईं लगायत पालिका कर्मचारीको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा तीज विषेश कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*