बैतेश्वर गाउँपालिकामा धुम्रपान र मद्यपान निषेध

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखाको बैतेश्वर गाउँपालिकाले सार्वजनिक स्थलमा धुम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन एवं प्रयोगमा प्रतिबन्ध लगाएको छ। असोज १३ गतेको कार्यपालिकाको बैठकले व्यक्तिको स्वास्थ्य, आर्थिक अवस्था, प्रतिष्ठा, शान्ति सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय गरेको हो ।‌ गाउँपालिका कार्यालय, वडा कार्यालय, अस्पताल, स्वास्थ्य संस्था लगायत सार्वजनिक क्षेत्रमा उल्लेखित गतिविधि नगर्न/ नगराउन गाउँपालिकाले अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले मद्यपान, धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन मुक्त पालिका बनाउनका लागि सबैलाई सचेत पारिएको बताउनुभयो। व्यक्तिको धनसम्पत्ति, स्वास्थ्य र सामाजिक प्रतिष्ठाको समेत सत्यानास हुने मात्र नभई अन्य थुप्रै समस्याको खाडलमा पर्न नदिन पालिकाले उक्त निणर्य गरेको हो । मदिरा, चुरोट र सुर्तीजन्य पदार्थ र त्यस्तै प्रकारको अन्य पदार्थको सेवन एवं प्रयोगमा प्रतिबन्ध लगाइएको सुचना मार्फत जानकारी गराइएको र सूचनाको बर्खिलाप हुने गरी गरेमा तथा प्रतिबन्धित पदार्थ सेवन गरी सार्वजनिक स्थल र कार्यालय प्रवेश गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा धुम्रपान र मद्यपान निषेध"

Leave a comment

Your email address will not be published.


*