मुद्रा संग्रहालयको काम ७० प्रतिशत सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, असोज २४

दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा मुद्रा संग्रहालयको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ । बाग्मती प्रदेशको पर्यटन विकास आयोजना मार्फत राजकुलेश्वर तलेजु मन्दिर परिसरमा निर्माण भइरहेको जिल्लाकै नूमना संग्रहालयको काम ७० प्रतिशत सम्पन्न भएको हो । तुल्सी÷एरिसा जेभीले भ्याट सहित तीन करोड ७३ लाख ८६ हजारमा ठेक्का पाएको उक्त संग्रहालयको काम मंसिर महिनामा सम्पन्न गर्न लक्ष्यका राखिएको छ । अहिले संग्रहालयको टायल राख्ने, वाल लगाउने, फिनिसिङ र रंगरोगनको कार्य भईरहेके निर्माण कम्पनीले जनाएको छ ।

२०७७ पुसबाट सुरु भएको मुद्रा संग्रहालयको काम जेठसम्ममा सकिनु पर्ने हो । तर विविध कारणले तोकिएको समयमा काम सम्पन्न नभएकाले मंसिर सम्म म्याद थप भएको हो । नेपालमा पहिलो पटक चाँदीको सिक्का निष्कासनको काम दोलखाबाट सुरु भएको थियो । राजा इन्द्र सिंहदेवले १६०५ मा सिक्का प्रचलनमा ल्याएपछि दोलखामा निर्माण भएको सिक्का काट्ने घर भुकम्पपछि भग्नावेशमा परिणत भएको छ । संग्रहालय निर्माण सम्पन्न भएपछि प्राचीन मुद्रा, सांस्कृतिक सम्पदाहरु अवलकोकनका लागि पर्यटकहरुको गन्तव्य बन्ने वडा अध्यक्ष स्टालिन श्रोष्ठले सुनाउनु भयो ।

Shares

Be the first to comment on "मुद्रा संग्रहालयको काम ७० प्रतिशत सम्पन्न"

Leave a comment

Your email address will not be published.


*