यो बर्षको भाइटिकाको साइत विहान ११ः३० मा

bhai tika

ताजा समाचारको लागि फलो गर्नुहोस ।

(काठमाडौ )–यो वर्षको भाई टीकाको उत्तम साइत कात्तिक १० गते विहान ११ः३० बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुने समितिको भनाई छ । कात्तिक ५ गते शनिबारबाट यमदीप दान सुरु गरिन्छ ।
कात्तिक ६ गते आइतबार कागतिहार काकबली पर्व परेको छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार तथा लक्ष्मीपूजा पर्व रहेको छ । यसैगरी कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिनेछ । यस दिन सूर्यग्रहण पनि परेको छ।
कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, तथा कात्तिक १० गते बिहीबार भाईटीका परेको छ । उक्त दिन साइत खोज्नेले बिहान ११ ः३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनु भयो ।

Shares

Be the first to comment on "यो बर्षको भाइटिकाको साइत विहान ११ः३० मा"

Leave a comment

Your email address will not be published.


*