राष्ट्रिय जनसाँस्कृतिक महासंघ दोलखाकाे अधिवेशन सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १०
राष्ट्रिय जनसाँस्कृतिक महासंघ दोलखाको नवौं जिल्ला अधिवेशन चरिकोटमा बुधबार सम्पन्न भएको छ । अधिवेशनले सन्तोष पोखरेलको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुला उपाध्यक्षमा छेडुप लामा, महिला उपाध्यक्षमा रुपा भुजेल, सचिवमा मोहन तामाङ, उपसचिवमा विष्णुराज गुरुङ, कोषाध्यक्षमा कृष्ण उप्रेति, सह–कोषाध्यक्षमा केशर श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सदस्यहरुमा श्याम विश्वकर्मा, शक्ति थामी, कृष्ण बानियाँ, उपेन्द्र घिमिरे, जनता तामाङ, नरेन्द्र घिसिङ, धावा वाङ्गल लामा, युवराज लामा, गौतम शिवाकोटी, भगवती खत्री, अङ्कित थामी, बुद्धिमान तामाङ, श्रीकृष्ण बस्नेत र राजन बुढाथोकी सदस्यमा चयन हुनुभएको छ ।

Shares

Be the first to comment on "राष्ट्रिय जनसाँस्कृतिक महासंघ दोलखाकाे अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*