सचेतना कार्यक्रम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः लागु औषध दुर्व्यसनी र साइवर अपराधबारे विद्यालयका विद्यार्थीलाई सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ । जिल्ला यूवा समिति दोलखाको आयोजना तथा र जिल्ला प्रशासन कार्यालय दोलखाको सहकार्यमा दोलखाको चरिकोटमा सो सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तब्य ब्यक्त गर्नु हुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले किसोर अवस्थामा दुर्वेसनी फस्न सक्ने भएकाले सचेत रहन आग्रह गर्नु भयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले किसोर अवस्थामा अंगालेका आनीबानीले भोलीका दिनमा उसको भविश्य निर्धारण गर्ने भएकाले विद्यार्थीलाई नराम्रो बानी नलाग्न आग्रह गर्नु भयो । कालिञ्चोक माविका प्रधानध्यापक शम्भु गौतमले वढ्दो साइवर अपराध र लागु औषध दुर्व्यसनीबारे विद्यार्थीलाई चेतना होस भनेर कार्यक्रममा विद्यार्थीहरु सहभागि भएको बताउनु भयो ।जिल्ला यूवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले साइबर क्राइम र लागु औषध दुर्व्यसनी जस्ता दीर्घकालीन असर गर्ने कुरामा युवाहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो । समितिले यस अघि विद्यार्थीलाई आत्मा रक्षा र रोजगारमुलक तालिमको आयोजना गरेको उहाँले बताउनु भयो । कार्यक्रममा कालिञ्चोक माविका २ सय ५३ जना विद्यार्थी सहभागि भएका थिए । नेपाली कांग्रेस दोलखाका प्रबक्ता राकेश श्रेष्ठले दुर्वेशनीबाट टाढै रहन विद्यार्थीलाई सुझाब दिनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस दोलखाका प्रबक्ता राकेश श्रेष्ठ ,तारादल गणका प्र.से.गणपती संजिव सिंह सिजापती , सशस्त्र प्रहरी वल नेपाल १८ नम्बर गुल्ल्का सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार कार्की , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलयका प्रमुख अनुसन्धान अधिकृत अरुन कार्की, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादव, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले ,दीक्षण दैनिक सम्पादक श्रृजन कुमार घिमिरे ,सामुदायिक उपभोक्ता महासँघ बागमति प्रदेश सदस्य धुव्र आर्चाय लगायतको सहभागिता रहेको थियो ।
। साइबर क्राइमको विषयमा दोलखा जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादव,र पशुपति चौलागाईं स्मृति अस्पतालका जनरल सर्जन डा. ज्ञानेश्वर श्रेष्ठले लागु औषध दुर्व्यसनीको बारेमा विद्यार्थीहरूलाई तालिम दिनु भएको थियो ।

Shares

Be the first to comment on "सचेतना कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*