सहकारी सफ्टवर बिक्री वितरणको सम्झौता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, १२ मंसिर सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर अब दोलखामा सञ्चालनका लागि सम्झौता भएको छ । विगत १० वर्षदेखि प्लानेट अर्थ सोलुसनले देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखाका लागि सजिलो कम्प्युटर सेन्टरसँग सम्झौता भएको छ । एभरेष्ट सफ्टवेरका कन्सेप्ट डेभलपर आइटी बिज्ञ चिरञ्जीवि अधिकारी र सजिलो कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक सिताराम दाहाल बीच चरिकोटमा सम्झौता भएको हो । अब सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै हुने भएको छ । कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फाराम अपलोड गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशशन र अन्य धेरै सेवा सुविधाहरु रहेको आइटी विज्ञ अधिकारीले जानकारी दिए ।

Shares

Be the first to comment on "सहकारी सफ्टवर बिक्री वितरणको सम्झौता"

Leave a comment

Your email address will not be published.


*