सिङ्गटीमा साहित्यिक कार्यक्रम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ९
दोलखाको विगु गाउँपालिका वडा नं. ४ स्थित सिङ्गटीमा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य प्रवर्द्धनका लागि टुकी सिविन र लायन्स क्लबको सहकार्यमा शान्ति आदर्श माविले आयोजना गरेको कार्यक्रममा स्थानीय परिवेशका रचनाहरू प्रस्तुत गरिएको थियो । १५ जना स्रष्टाले कथा, कविता, मुक्तक, गजल र गीत वाचन गरेका थिए । साहित्यमा रुचि भएका नव स्रष्टाहरूको समेत सहभागिताले कार्यक्रमलाई थप रोचक बनाएको थियो । मौलिकता र स्थानीयता झल्किने साहित्यिक प्रस्तुतीमा हाँसो, रोदन, वेदना, पीडाहरू अभिव्यक्त भएको थियो । सिविन दोलखाका शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुवेदीले साहित्यिक कार्यक्रमहरू आयोजना हुँदा स्रोता तथा दर्शक समक्ष स्रष्टाहरूको सिर्जना प्रस्तुत हुने  र त्यसको प्रतिक्रियाबाट थप हौसला मिल्ने बताउनुभयो । उहाँले सिर्जना प्रस्फुटनका लागि कार्यक्रमको आयोजना गरिएको सुनाउनुभयो । कार्यक्रममा विष्णु सुवेदीसँगै सन्तोष विमली, पुष्पराज भट्टराई, अर्जुन ठकुरी, सुदीप खड्का लगायतले रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाहरूले सिर्जना वाचन सँगै स्थानीय सरकारले कला र साहित्यको क्षेत्रमा काम गर्न स्थानीय सरकारलाई अनुरोध गरेका थिए ।

Shares

Be the first to comment on "सिङ्गटीमा साहित्यिक कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*