सुबिसुको वार्षिकोत्सवमा रक्तदान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १
दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इन्टरनेट प्रदायक कम्पनी सुबिसुले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १८ पुरुष र ३ महिला गरी २१ जनाले रक्तदान गरेका रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेलले बताउनुभयो । नियमित रक्तदान कार्यक्रम नभएको खण्डमा रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन्छ । यसले गर्दा शल्यक्रिया गर्नुपर्ने सुत्केरी सहित रगत चाहिने बिरामीलाई उपचारमा समस्या हुन्छ । समयमै रगत नपाउँदा उपचार प्रभावित हुनुे हुनाले बिरामीको ज्यानै  जोखिममा पर्ने हुन्छ । त्यसैले कोहीकसैले पनि रगत अभावमा समस्या नपाऊन् भनेर मानवीय सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । इन्टरनेट सेवाका साथै सामाजिक कार्यलाई समेत प्रबर्द्धन गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको सुबिसु कम्पनीले जनाएको छ ।

Shares

Be the first to comment on "सुबिसुको वार्षिकोत्सवमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*