९० प्रतिशत निर्वाचन केन्द्र विद्यालयमा हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं ः मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ९० प्रतिशत मतदान केन्द्र विद्यालयमा राखिने भएको छ । देशभर कुल २२ हजार पाँचसय निर्वाचन केन्द्र मध्ये ९० प्रतिशत विद्यालयमा राखिने भएको हो । निर्वाचन आयोगका सहायक प्रबक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ गते हुने निर्वाचनमा ९० प्रतिशत भन्दा बढी मतदान केन्द्रको रुपमा विद्यालयहरु प्रयोग गरिने जानकारी दिनु भयो । बाँकी स्वास्थ्य चौकी लगायत अन्य स्थानमा मतदान केन्द्र राखिने उहाँको भनाई छ । उहाँका अनुसार मंसिर ४ गते मतदान सम्पन्न भएपछि सम्बन्धित ठाउँमा मतपेटिका नपु¥याउन्जेल विद्यालय बन्द हुनेछन् । यो निर्वाचनमा निर्वाचन आयोगले निजामती कर्मचारीका साथै शिक्षकहरूलाई पनि खटाउने निर्वाचन आयोगले बताएको छ । मतदान केन्द्र तोकिएका विद्यालय करिब ५ दिन बन्द हुने छन् । निर्वाचनलाई मर्यादित बनाउन २ लाख ४६ हजार जनशक्ति खटिने बताइएको छ ।

Shares

Be the first to comment on "९० प्रतिशत निर्वाचन केन्द्र विद्यालयमा हुने"

Leave a comment

Your email address will not be published.


*