दोलखामा “स्वस्थ जीवन प्रवद्र्धन” कार्यक्रम सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २३
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले “स्वस्थ जीवन प्रवद्र्धन” कार्यक्रम सुरु गरेको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मुल नाराका साथ केन्द्रले आइतबारदेखि एक समारोहको आयोजना गरी सो कार्यक्रम सुरु गरेको हो ।
अस्तव्यस्त जीवनशैली, खानपान र व्यवहारका कारण मानिसहरु रोगी र अस्वस्थ हुँदै गएकोले स्वस्थ जीवनका लागि सो कार्यक्रम सञ्चालन गर्न थालिएको केन्द्रले जनाएको छ । कार्यक्रममार्फत नियमित रुपमा स्वस्थ जीवनशैली परामर्श, स्वास्थ्य परीक्षण र कार्यालयको योग हलमा नियमित योग कक्षा सञ्चालन गरी नसर्ने रोगको जोखिम कम गराइने केन्द्रका प्रमुख डा. मनोज कुमार चौधरीले बताउनु भयो । नियमित योग कक्षा जीवन योग प्रयोगशाला कालिन्चोकको सहकार्यका सञ्चालन भइरहेको छ । प्रकोपको रुपमा नसर्ने रोग बढ्दै गएकोले त्यसको न्यूनीकरण गर्नु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको कार्यालय प्रमुख, डाक्टर चौधरीको भनाई थियो ।
संयमित जीवनशैली, उचित आहार–विहार, योगासन, ध्यान र प्राणायम गर्ने, बहुउपयोगी जडिबुटीहरुको सदुपयोग र प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली अबलम्बन गरे हरेक व्यक्ति स्वस्थ रहने उहाँले उल्लेख गर्नु भयो । कार्यक्रम सुभारम्भ समारोहमा सहभागीहरुको बीएआइ, ब्लड प्रेसर जाँच गरिनुका साथै स्वस्थ जीवनशैली सम्बन्धि परामर्श समेत दिइएको थियो ।

Shares

Be the first to comment on "दोलखामा “स्वस्थ जीवन प्रवद्र्धन” कार्यक्रम सुरु"

Leave a comment

Your email address will not be published.


*