यस कारण पाए जिल्ला ट्राफिक प्रहरी प्रमुख भण्डारीले भब्य बिदाई

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट,१८ साउन । दोलखा जिल्ला ट्राफिक प्रहरी प्रमुख नयन बहादुर भण्डारीको भब्य बिदाई भएको छ । उनको भव्य बिदाइको कारण हो , दोलखाको चरिकोटको अस्तव्यस्त ट्राफिकलाई राम्रोसँग व्यवस्थापन कारण हो । २५ महिना दोलखा प्रमुख भएकोका भण्डारीले दोलखाको ट्राफिक अत्यन्तै राम्रो व्यवस्थापन गरेको स्थानीयले बताएका छन । उनको पाला दोलखामा राजस्व दोवर उठाएका थियो । उनलाई निडर ट्राफिक प्रमुखको चिनिन्छ ।
शुक्रवार तिनै भण्डारीलाई दर्जन भन्दा बढि संघ,संस्थाका प्रमुख एबं प्रतिनिधिले बिदाई गरेका छन् । बिदाई गर्नेहरुमा अधिकांस मिडियाकर्मी , मिडियाका सञ्चालकहरु र स्थानिय ब्यवसायीहरु रहेका थिए । बिदाईमा नागरिक समाजका अध्यक्ष चिरञ्जीबि मास्के, चरिकोटमा रहेको बुद्ध नगर टोल सुधार समतिका सचिब कृष्ण बहादुर श्रेष्ठ,सेतोगुराँस मिडिया प्रालिका गोकर्ण प्रसाद भण्डारी, दिक्षण दैनिकका सम्पादक श्रृजनकुमार घिमिरे, निर्देशक धुव्र आचार्य ,दर्पण सञ्चार अनलाईनका प्रभु जिरेल,रोयल क्याफे चरिकोटका सञ्चालक पुस्कर अधिकारी,औषधी ब्यवसायी सुन्दर खड्का समेत रहेका थिए । भण्डारी २५ महिने लामो अबधि दोलखामा बसेर भक्तपुर सरुवा भएका छन् । भण्डारी दोलखामा सरुवा भएर आए देखि जिल्लाको ट्राफिक ब्यवस्थापन अत्यन्तै राम्रो गरेका थिए । भण्डारीले गरेको कार्यको दोलखाका नागरिकले सम्झन योग्य कार्य गरेको स्थानियहरु बताउँछन् ।

Shares

Be the first to comment on "यस कारण पाए जिल्ला ट्राफिक प्रहरी प्रमुख भण्डारीले भब्य बिदाई"

Leave a comment

Your email address will not be published.


*