अपराध रहित समाज निर्माण अभियानमा सिंगटी प्रहरी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
सिंगटी, २६ भदौ
अपराध सहित समाज निर्माणमा इलाका प्रहरी कार्यालय सिंगटीले अभियान सञ्चालन गरेको छ । इलाका प्रहरी कार्यालयले आफ्ना कार्यक्षभित्रमा अपराध नियन्त्रणका लागि टोलटोलमा प्रहरी नै पुगेर चेतनामूलक कार्यक्रम नै सञ्चालन गरेको हो ।
“अपराध रहित समाजको परिकल्पना नागरिक र प्रहरिको सहकार्यमा” मन्त्रलाई आत्मसात गर्दै स्थानी जनप्रतिनिधि सहित सर्वसाधारणसँग मिलेर यस्तो अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लेले जानकारी दिए । मल्लकै नेतृत्वमा ३ दिन अघि मात्र कालिन्चोक गाउँपालिका वडा नं. २ स्थित बाबरेमा स्थानीय १०० जनाको उपस्थितीमा मदिराजन्य पदार्थ न्यूनीकरणका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सोही कार्यक्रममा भदौ १ गते देखि लागू भएको मुलुकि अपराध संहिता ऐन २०७४ सम्बन्धि सचेतनामुलक जानकारी गराएको प्रमुख मल्लले जानकारी दिए । सचेतनामूलक कार्यक्रमका लागि कार्यालयबाट छपाई गरिएका नागरिक सचेतनामुलक पर्चा समेत बितरण गर्नुका साथै बाबरेमै १३० बोट गाँजाका बिरुवाहरु नष्ट गरिएको उनले बताए ।


देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनतामा अमनचैयन र भयरहित अवस्था प्रत्याभूति गर्न नेपाल प्रहरीको ऊदेश्य रहेको छ । दोलखा जिल्लाको ऊत्तरी भेगमा रहेको यस ईलाका प्रहरी कार्यालय सिंगटीको जिम्मेवार क्षेत्र अन्तर्गत ३ वटा कालिन्चोक, बिगु र गौरिशंकर गाऊपालिका रहेका छन् । क्षेत्रफलको हिसाबले जिल्लाको आधा भुभाग तथा ६० हजार भन्दा बढि जनसंख्या (जनजातिको बाहुल्यता) रहेको छ ।

ठूलो जिम्मेवारी भए तापनि ९० जना दरबन्दी रहेको इलाकामा हाल कार्यरत ५५ जना मात्र हुँदा काम गर्न केही कठिन भएको उनले बताए । अहिले त्यस क्षेत्रमा एक जना प्रहरीले १ हजार ५ सय नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता रहेको उनले बताए ।
ड्ड इलाका प्रहरी कार्यालयले एक वर्षको अवधीमा प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा प्रदान गर्नु ठूलो उपलब्धी भएको जनाएको छ । यार्सागुम्वा संकलन तथा ढुवानीमा सुरक्षा, पैदल गस्ति, ३ वटै गाउँपालिकाका १२ विद्यालयमा लागुऔषध दुरव्यसनी सचेतनामूलक कार्यक्रम, मदिराजन्य पदार्थ न्यूनीकरण सम्बन्धि ३ स्थानमा नागरिक बहस कार्यक्रम सञ्चालन गरेको छ । त्यसैगरी २ हजार ५०० लिटरभन्दा बढि घरेलु मदिरा कच्चा पदार्थ नष्ट गरेको र २५ थान भाडाकुडा जफत, लगभग ३०० बढी बोट गाजा फडानी उनले बताए ।
आफ्नो क्षेत्र भित्रको विभिन्न स्थानमा भदौ १ गत देखि लागु भएको मुलुकि अपराध संहिता ऐन (२०७४) सम्बन्धि समाजका मानिसहरुलाई जनचेतना प्रदान भईरहेको उनले दाबी गरे । प्रहरीको सक्रियता बढेकाले विगत वर्षहरुको तुलनामा हाल समाजमा जनधनको सुरक्षाको ग्यारेन्टी भएको र सामाजिक अपराधको संख्यामा कमि आएको उनले दाबी गरे ।

Shares

Be the first to comment on "अपराध रहित समाज निर्माण अभियानमा सिंगटी प्रहरी"

Leave a comment

Your email address will not be published.


*