निर्माण व्यवसायी संघको अबको अध्यक्ष मै हुँः शम्सेर घिसिङ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा निर्माण व्यवसायी संघको १३ औं साधारण सभा तथा ७ औं अधिवेशन भदौ २८ गते चरिकोटमा हुँदै छ । चुनावी साधारण सभा पनि हुने भएकाले नेतृत्वको दौडधुप पनि चलेको छ । यसै विषयमा दोलखा निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शम्सेर घिसिङसँग दीक्षण दैनिकले गरेको कुराकानीः
१ दोलखा निर्माण व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेकै हो ?
दोलखा निर्माण व्यवसायी संघको भदौ २८ गते चुनावी साधारण सभा हुँदै छ । चुनाव भएकाले निर्माण व्यवसायीहरु बीचमा चुनाव लाग्नु स्वाभाविकै हो । नयाँ नेतृत्वमा आउँन र आफू अनुकुलका राम्रा व्यवसायी नेतृत्वमा आउँन् भन्ने चाहना सबैको हुन्छ ।
२ नयाँ नेतृत्वका लागि सहमतिका आधारमा हुन्छ की चुनावी आधारमा चयन हुन्छ ?
नयाँ नेतृत्वका लागि सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्ने कोसिस हुन्छ । अधिकाँश साथीहरु पनि सहमतिकै आधारमा नेतृत्व चयन गर्नु पर्छ भन्ने नै अभिमत छ । तर सहमति नै हुन सकेन भने पनि चुनावी प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन हुन्छ । जुन पद्धतिका आधारमा नेतृत्व चयन भए तापनि म नेतृत्वका लागि दाबेदार हुँ । यही मिडिया मार्फत अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्दछु ।
३ तपाई त यस अघि पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको व्यक्ति अब फेरि अध्यक्षको उम्मेद्वारी केका लागि हो ?
मैले रामेश्वर उप्रेतीसँग चुनावमा प्रतिस्पर्धा गरैं तर थोरै मतले पछाडी परें । यस अघि पनि रामेश्वर जिले एक पटक सहमतिका आधारमा गरौं भन्नु भयो म वरिष्ठ उपाध्यक्ष बने । अब त जसरी पनि अध्यक्ष हुने मेरै पालो पनि हो । त्यही मेरो उम्मेद्वारी पनि सबै निर्माण व्यवसायीहरुको हितका लागि र हो ।

४ देश पुनः संरचना भएर स्थानीय तह बनेको छ, स्थानीय संरचना पनि तपाईहरु बनाउँदै हुनुहुन्छ तर किन तपाईहरु अहिले जिल्लामै लडाई गर्दै हुनुनुन्छ ?
देश संरचना भए अनुसार हाम्रो निर्माण व्यवसायी संघले पनि स्थानीय तहको संरचना बनेका छन् । केन्द्रदेखि प्रदेशको संरचना पनि छ । तर जिल्लाको जिम्मेवारी पनि घटेको छैन । स्थानीय तहसँगको समन्वयका लागि पनि जिल्लाको महत्व घटेको छैन ।

५ तपाई अध्यक्ष हुनुभयो भने के गर्नु हुन्छ ?
म अध्यक्ष भएर अहिलेसम्म संघको आफ्नै भवन बनेको छैन । ६ महिना भित्र आफ्नै भवनको जग हाल्छु । निर्माण व्यवसायी भित्र पनि सिण्डिकेट छ त्यसलाई तोड्न र सबै व्यवसायीहरुलाई काम गर्न र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरेर स्वस्थ प्रतिस्पर्धामार्फत विकास निर्माणमा गुणस्तरीयताका लागि मेरो अध्यक्ष भएर गर्ने गर्ने मुख्य काम हुन् । मुख्य कुरा व्यवसायिक हक र हितकै लागि मैले काम गर्ने हो ।

Shares

Be the first to comment on "निर्माण व्यवसायी संघको अबको अध्यक्ष मै हुँः शम्सेर घिसिङ"

Leave a comment

Your email address will not be published.


*