चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः सदरमुकाम स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा सञ्चालन भईरहेको निःशुल्क हाड जोर्नी तथा नशा रोगसम्बन्धी शिविर सम्पन्न भएको छ । जेठ चार गतेबाट सुरु भएको शिविर सोमबार सम्पन्न भएको हो ।
शिविरमा कुल ११ सय ९५ जनाको स्वास्थ्य परीक्षण गरिएको तथा ३९ जनाको शल्यक्रिया गरिएको पशुपति चौलागाईं स्मृति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा करिब १५ लाख बराबरको औषधी समेत वितरण गरिएको उहाँको भनाई रहेको छ ।
रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग संघ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर भएको हो । शिविर डाक्टर संमिक्त आचार्य तथा समिक शर्माको नेतृत्वमा १६ जना स्वास्थ्यकर्मीको समुहले विरामीको जाँच तथा शल्यक्रिया गरेको पशुपति चौंलागाईं स्मृति अस्पतालले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न"

Leave a comment

Your email address will not be published.


*