विश्वकपको प्रिक्वाटरफाइनलमा ब्राजिलले मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा हुने भएको छ । समूह इ को विजेता भएसँगै ब्राजिलले समूह एफ को उपविजेता मेक्सिकोसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ब्राजिलले आफ्नो समूहको अन्तिम खेलमा सर्बियालाई २–० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । ब्राजिलको जितमा थिएगो शिल्भा र पौलिन्होले गोल गरे । पहिलो हाफमा १–० गोलले अघि रहेको ब्राजिलले दोस्रो हाफमा थप एक गोल गर्दै सर्बियामाथि सहज जित निकालेको हो ।

यता, मेक्सिको भने समूह एफ को उपविजेता टिम हो । आफ्नो अन्तिम खेलमा स्वीडेनसँग ३–० गोलअन्तरले पराजित भएसँगै उपविजेता बनेको थियो ।
ब्राजिल र मेक्सिकोबीचको खेल जुलाई २ तारिखमा हुनेछ ।

त्यस्तै समूह एफ को विजेता बनेको स्वीडेनले प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । समूह इ को अन्तिम खेलमा स्वीट्जरल्यान्डले कोष्टारिकासँग २–२ गोलको बराबरी खेल्दै उपविजेता बनेसँगै प्रिक्वाटरफाइनलमा स्वीडेन प्रतिद्धन्दी पाएको हो ।

स्वीडेन भने समूह एफ को विजेता टिम हो

Shares

Be the first to comment on "विश्वकपको प्रिक्वाटरफाइनलमा ब्राजिलले मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने"

Leave a comment

Your email address will not be published.


*