श्रीमतिको पिटाईबाट ५५ बर्षिय श्रीमानको मृत्यु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, १७ साउन । आफ्नै श्रीमतिको पिटाईबाट दोलखाको जिरी नगरपालिका ३ मा ५५ बर्षिय श्रीमान्को मृत्यु भएको छ । जिरी नगरपालिका ३ मालीमा श्रीमान र श्रीमतीबीच झगडा हुँदा श्रीमानको मृत्यु भएको हो । श्रीमान र श्रीमतीबीच घरायसी विवादपछि झगडा हुँदा ५५ वर्षीय नाम्गेल शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । आज बिहान मदिरा सेवन गरि विवाद हुँदा श्रीमती आङल्हमु शेर्पाको पिटाईबाट श्रीमानको मृत्यु भएको बताईएको छ । घटनास्थलबाट प्रहरीले दिएको जानकारी अनुशार श्रीमतिले मुठ्टीले नाकमा कुटेको र श्रीमानको आँखाबाट रगत बगेसँगै घटनास्थलमानै मृत्यु भएको बताईएको छ । घटना बारे थप विवरण आउन अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक माधव काफ्लेले जानकारी दिए ।

Shares

Be the first to comment on "श्रीमतिको पिटाईबाट ५५ बर्षिय श्रीमानको मृत्यु"

Leave a comment

Your email address will not be published.


*