आगामी महिना जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २५
दोलखाको सदरमुकाम चरिकोटमा आगामी महिना जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । मंगलबार जिल्ला समन्वयका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा बसेको बैठकले फागुन ७ देखि १० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले अनुशासित, मर्यादित र व्यवस्थित ढंगले प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समिति गठन गरिएको छ । जिसस प्रमुख घतानीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको बताइएको छ । खेलकुद प्रतिभाको खोजी तथा उजागर गर्दै प्रतिभाको संरक्षण, संबर्द्धन र प्रबर्द्धन गर्ने र खेलकुदबाटै राष्ट्रको पहिचान कायम गराउन सक्ने खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता गर्न लागिएको हो । जिल्लाका विभिन्न विद्यालयका खेलाडी टिमहरुको प्रतिस्पर्धा चल्ने सो प्रतियोगिता टुँडीखेल मैदानमा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "आगामी महिना जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*