दोलखा जिल्ला अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २५
दोलखाको कालिञ्चोक गाउँपालिकामा अन्तरपालिकास्तरीय “तेस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०७९” हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराको साथ पालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
युवामा रहेको अन्र्तनिहित प्रतिभा एवं क्षमता उजागर गराउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा योगदान दिने खेलाडी उत्पादन गर्ने उद्धेश्यबमोजिम प्रतियोगिता आयोजना गर्न लागिएको पालिकाले जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले आगामी फागुन ३ देखि ६ गते सम्म वडा नं. ४ पप्लेटीमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिनु भयो । प्रतियोगिताले खेलकुद क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने उहाँले बताउनु भयो । प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहका खेलाडीलाई सहभागी हुन उहाँले आग्रह गर्नु भयो ।
उहाँका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्धीतीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई जनही नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनु भयो । खेल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले फागुन २ गते भित्र दर्ता गराउनु पर्ने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखा जिल्ला अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*