ईश्वरभूमि साकोसको अध्यक्षमा पुनः बस्नेत निर्वाचित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १
दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गेमा अवस्थित ईश्वरभूमि साकोसको अध्यक्षमा पुनः सुवास बस्नेत चिर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न सहकारीको सातौँ वार्षिक साधारणसभाले बस्नेतको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । कमल अधिकारीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले बस्नेतको अध्यक्षमा आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा दिलबहादुर खड्का, सचिवमा मेनुका गिरी, कोषाध्यक्षमा ढाल बहादुर बस्नेत, सदस्यमा संगिता बस्नेत, बिन्दा कार्की, तारा नेपाली, ढाल बहादुर नेपाली र गोमा कार्की चयन हुनु भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा रमिला कार्की निर्वाचित हुनु भएको छ, भने दुई जना सदस्य चयन भएका छन् ।
साधारणसभाको उद्घाटन वडा नं. ३ का वडाध्यक्ष कमल अधिकारीले गर्नु भएको थियो । सो अवसरमा उहाँले सहकारीहरुले उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा टेवा पु¥याउनु पर्ने बताउनु भयो । सहकारिताको माध्यमबाट समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न सहज हुने उहाँले बताउनु भयो । अध्यक्ष अधिकारीले निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउने उद्धेश्यलाई सहकारीले पूरा गर्नुपर्ने उल्लेख गर्नु भयो ।
संस्थाका अध्यक्ष सुवास बस्नेतले आगामी वर्षको नीति, योजना तथा कार्यक्रमहरु सार्वजनिक गर्दै सहकारीलाई थप प्रभावकारी र विश्वासनीय बनाउने उचित कदम चाल्ने बताउनु भयो । विभिन्न चुनौतीहरुको समाना गर्दै सहकारीलाई समुदायमाझ लोकप्रिय बनाउने प्रयत्न भईरहेको उहाँको भनाई छ ।
सभामा कोषाध्यक्ष ढालबहादुर बस्नेत गत आव २०७८÷७९ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार संस्थाको कुल पुँजी ५९ लाख १० हजार तिन सय १७ र शेयर पुँजी ३ लाख ७९ हजार आठ सय पुगेको छ । साधारणसभाको अवसरमा जेष्ठ सदस्य, उत्कृष्ट शेयर खरिदकर्ता, असल ऋणी, नियमित बचत कर्ता र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

Shares

Be the first to comment on "ईश्वरभूमि साकोसको अध्यक्षमा पुनः बस्नेत निर्वाचित"

Leave a comment

Your email address will not be published.


*