उच्च प्रविधि कक्षा व्यवस्थापन तालिम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १
दोलखाको भीमेश्वर नगरपालिका–२ दोलखामा शिक्षकहरुका लागि उच्च प्रविधि कक्षा व्यवस्थापन तालिम सम्पन्न भएको छ । सञ्चार र प्रविधिमा शिक्षकहरुलाई दक्ष बनाई प्रविधियुक्त कक्षा सञ्चालनका लागि राजकुलेश्वर आधारभूत विद्यालयले सात दिने तालिम आयोजना गरेको थियो । तालिममा राजकुलेश्वर आवि, भीम मावि र बालमन्दिर प्राविधिका १३ जना शिक्षहरुको सहभागिता रहेको थियो ।
तालिम समापन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले विद्यालयहरुले युग सुँहाउदो शिक्षण पद्धति अवलम्बन गर्न सकेमा शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताउनु भयो । उहाँले शिक्षण सिकाई प्रक्रियामा सञ्चार र प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्नु भयो ।
वडाध्यक्ष स्टालिन श्रेष्ठले प्रविधिको विकास र विस्तारसँगै शिक्षण पद्धतिमा पनि यसको प्रयोग हुनुपर्ने बताउनु भयो । उहाँले समय र माग अनुसार विद्यालयहरुको शैक्षिक प्रणाली सुधार गरिनुपर्ने उल्लेख गर्नु भयो ।
समारोहमा विद्यालयका सल्लाहकार समिति सदस्य पुरुषार्थ श्रेष्ठ, चन्दादाता पार्वती श्रेष्ठ, आविष्कार केन्द्र शिक्षा शाखा प्रमुख दृष्या गुरुङ, राजकुलेश्वर आविका प्रधानाध्याक प्रकाश दाहालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "उच्च प्रविधि कक्षा व्यवस्थापन तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*