ओरिण्ड म्याग्नेसाइटको उद्योग मन्त्री भण्डारीद्वारा निरीक्षण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खरीढुङ्गा स्थित अलपत्र अवस्थामा रहेको ओरिण्ड म्याग्नेसाइडको निरीक्षण गर्नु भएको छ । जिरीमा आज देखि हुने जिरी महोत्सवको उद्घाटन गर्न दोलखा आउने क्रममा उहाँले बिहिबार उक्त उद्योगको निरीक्षण गर्नु भएको हो  । भीमेश्वर नगरपालिका वडा नं ९ ले उद्योग संञ्चालन गर्न मन्त्री सहित गरेको अन्र्तक्रिया कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हुदै मन्त्री भण्डारीले अलपत्र रहेको यो उद्योग संञ्चालन गर्न आफुले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । आफु दोलखा आउनु पुर्व सरोकारवालाहरुसँग काठमाडांंैमा छलफल गरेका र े यसलाई संञ्चालन गर्न आफु लागि परेको उहाँको भनाई रहेको छ । यो उद्योग सञ्चालन गर्नका लागि आफुले बैशाखमा हुने नेपाल सरकारको लगानी सम्मेलनमा समेत प्रस्ताब लैजाने बताउनु भयो  । खरीढुङ्गा म्याग्नेसाइड सञ्चालन गर्न दोलखाका सबै राजनैतिक दलहरु एक ढिक्का भएको आफलेु देखेको र त्यसैगरी दोलखाको अरु विकासका साझा मुद्धामा पनि एक ढिक्का हुन दलहरुलाई उहाँले सुझाब दिनुभयो । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली समेत उद्योग संञ्चालनमा आफुलाई निर्देशन दिनुभएको बताउनु भयो। भीमेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष हिमाल श्रेष्ठको अध्यक्षता भएको अन्र्तरक्रिया कार्यक्रममा दोलखाका राजनैतिक दल तथा जनप्रतिनिधीले यो उद्योग छिटो सुचारु गर्न मन्त्री समक्ष माग गर्नु भएको थियो । उहाँले अहिले बन्द रहेको उद्योग पूर्णरुपमा सञ्चालनमा आएमा जनताले यसबाट प्रत्यक्ष रोजगारी पाउने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पूर्व सञ्चार मन्त्री पार्वत गुरुङ, राष्ट्रिय सभाका सांसद घनश्याम रिजाल , बागमती प्रदेशका सांसद भरत के.सी ,भीमेश्वर नगपालिका प्रमुख ईश्वर नारायण मानन्धर , नेपाली कांगे्रसका सभापति बर्मा लामा , एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ , एकीकृत समाजवादीका अध्यक्ष भीम दहाल लगायतले दोलखामा रहेको ओरिण्ड म्याग्नेसाइट संञ्चालन गर्ने वातावरण मिलाउन मन्त्रीसँग आग्रह गर्नु भएको थियो । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर –९ लाकुरीडाँडास्थित राष्ट्रिय गौरवको यो उद्योग बन्द हुँदा प्रत्येक्ष,अप्रत्यक्ष रुपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । २०३५ सालमा स्थापना भएको र २०५५ सालदेखि यो उद्योग बन्द रहेको छ । अहिले यो उद्योग बन्द भएको कारण रोजगारी गुम्नुका साथै राज्यको लगानी खण्डहरमा परिणत भएको स्थानीय भुवन के.सीको भनाई रहेको छ । यस उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत र निजी क्षेत्रको २५ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुई वर्गकिलोमिटरमा फैलिएको खानीमा १८ करोड मेट्रिक टन म्याग्नेसाइट र तीन लाख मेट्रिक टन खरी भण्डारण रहेको नेपाल सरकार खानी तथा भूगर्भ विभागले जनाएको छ । यहाँको म्याग्नेसाईट मात्रै प्रयोग गरे तापनि दुई सय बर्षभन्दा बढी समयसम्मको लागि डीबीएम डेड बन्र्ट म्याग्नेसाइट उत्पादन गर्ने बताइएको छ । उद्योगले डेड बन्र्ट म्याग्नेसाइट, क्याल्साइन म्याग्नेसाइट र खरी पाउडर गरि तीन प्रकारका उत्पादन गर्ने क्षमता राख्ने जानकारी दिइएको छ। डेड बण्र्ट १८ सय देखि २६ सय डिग्री सेल्सिएस तापक्रमसम्म नपग्लने पदार्थ हो । पग्लने अन्य पदार्थ पनि यसले सोस्दैन।क्याल्साइन माग्नेसाइट पशुको दाना, रासायनिक मल, एन्टी पोलुसन एजेन्ट, औषधि र नजल्ने पार्टेसन बोर्ड निर्माणमा प्रयोग हुन्छ । यी तीन वटै उत्पादनहरू ५० भन्दा बढी उत्पादनहरूमा प्रयोग गर्न सकिने भएकोले हाल यसको माग नेपाल,भारत लागएत तेस्रो मुलुकमा धेरै छ ।

Shares

Be the first to comment on "ओरिण्ड म्याग्नेसाइटको उद्योग मन्त्री भण्डारीद्वारा निरीक्षण"

Leave a comment

Your email address will not be published.


*