कवि खड्का पुरस्कृत

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, असार २९
कवि मान बहादुर खड्कालाई भानु–विद्यापति साहित्यिक पुरस्कार प्रदान गरिएको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा भानु–विद्यापति साहित्य प्रतिष्ठानले कवि खड्कालाई नगद ११ हजार सहित पुरस्कार प्रदान गरेको हो । उहाँलाई जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले दोसल्ला ओढाई सम्मान पत्र र नगद प्रदान गर्नुभयो । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका खड्काले साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कारसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयो । खड्काले साहित्य मार्फत कला, साहित्य र संस्कृतिको जगेर्ना र समग्र विकासमा पुर्याउनुभएको योगदानको कदर तथा सम्मान गर्दै पुरस्कृत गरिएको हो । कवि खड्काको “डाँडाको लाँकुरी” कविता संग्रह सहित थुप्रै फुटकर कविताहरू प्रकाशित भएका छन् । कवि खड्का यस अघि पनि विभिन्न पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

Shares

Be the first to comment on "कवि खड्का पुरस्कृत"

Leave a comment

Your email address will not be published.


*