दोलखामा मनाइयो २०९ औँ भानु जयन्ती

SAMSUNG CSC

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, असार २९
दोलखामा भानु–विद्यापति साहित्य प्रतिष्ठान र विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिको आयोजनामा भानुभक्त आचार्यको २०९ औँ भानु जयन्ती मनाइएको छ । संस्कृत भाषामा रचित रामायणलाई नेपाली भाषामा भावानुवाद गरी सबैले सजिलै अध्ययन गर्न सक्ने बनाउनुभएका आदिकवि आचार्यको जन्मजयन्ती उहाँको योगदानको स्मरण, सम्मान र प्रशंसा गर्दै मनाइएको हो । सो अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले भाषा र साहित्यको श्रीवृद्धि तथा समुन्नत समाज निर्माणमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै समाज रूपान्तरणको प्रमुख शक्ति साहित्य रहेको सुनाउनुभयो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै आचार्यका साहित्य कृतिले दिएको सन्देश महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हरेक व्यक्तिले रामायणको अध्ययन गरी त्यसको भाव र सन्देशलाई शिरोपर तथा अवलम्बन गरेमा समृद्धि समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । सोही अवसरमा भानु–विद्यापति साहित्य प्रतिष्ठानले प्रकाशन गरेको दोलखा साहित्य यात्रा तीनको विमोचन र बालकृष्ण थपलिया ( प्रयत्न ) को कृति “नेपालको चिनारीलाई सार्वजनिक गरिएको छ । त्यसैगरी रामायण वाचन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा विद्यार्थीदेखि ८० वर्षका ज्येष्ठ नागरिक सहभागी भएका थिए ।

पुस्तक विमोचन गरिँदै
रामायणको श्लोक वाचन गर्नुहुँदै प्रतियोगी

तस्बीर ः सुवास बस्नेत

Shares

Be the first to comment on "दोलखामा मनाइयो २०९ औँ भानु जयन्ती"

Leave a comment

Your email address will not be published.


*