खिम्ती १ को शेयर स्थानीयलाई दिन माग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) ः नेकपा एकिकृत समाजबादी दोलखाले खिम्ती खोला १ जलविद्युत आयोजनाको शेयर स्थानीय लाई दिन माग गरेको छ । नेकपा एकिकृत समाजवादीको बैठकले सो माग गर्ने निर्णय गरेको हो ।
सदरमुकाम चरिकोटमा हालै सम्पन्न जिल्ला कमिटी बैठकले आयोजनाको शेयर स्थानीयलाई दिन माग गरेको जिल्ला कमिटी सचि अशोककुमार दहालले जानकारी दिनु भयो ।
दोलखा जिल्लाको तामाकोसी गाउँपालिका वडा नं. ५ किर्नेटारमा अवस्थित खिम्ती १ जलविद्युत आयोजनाको लगानीकर्ता कम्पनी हिमाल पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरण बिचमा सम्झौता भई उक्त आयोजनाको शेयर आधा आधा हुन लागेको भन्ने कुरा बुझिन आएकोले उक्त निर्णय गरिएको नेकपा एकिकृत समाजवादी पार्टी दोलखाले बताएको छ । खिम्ती(१ जलविद्युत आयोजनाको कम्तीमा १० प्रतिशत शेयर स्थानीय वासीलाई र १५ प्रतिशत शेयर जिल्ला वासीलाई उपलब्ध गराउन हिमाल पावर लिमिटेड तथा नेपाल विद्युत प्राधिकरण समक्ष अनुरोध गर्दै सबै राजनैतिक दल र सरोकारवाला निकायबिच छलफल तथा अन्तरक्रिया आयोजना गर्न पार्टीले पहलकदमी लिने निर्णय भएको नेकपा एकिकृत समाजवादी पार्टी दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "खिम्ती १ को शेयर स्थानीयलाई दिन माग"

Leave a comment

Your email address will not be published.


*