दोलखामा मृतकका बाबुले पाए एकलाख क्षतिपूर्ति

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा (चरिकोट ) ः जिल्लामा पहिलो पटक “बाल बिग्याइँ कर्तव्य ज्यान मुद्दा” का जाहेरवालाले क्षतिपूर्ति रकम पाउनु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत तमाङले सो बापतको रकम पाउनु भएको हो । उहाँलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिइएको जिल्ला अदालत दोलखाले जनाएको छ । राज्यकोषबाट क्षतिपूर्ति पाउने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठको एकल ईजलासबाट मृतकका हकवाला एक लाख रुपियाँ पीडित राहतकोषबाट दिने फैसला गरेको श्रेस्तेदार शिवकुमार पोखरेलले जानकारी दिनु भयो । सर्बोच्च अदालत पीडित राहत कोषको सचिवालयले क्षतिपूर्ति बापतको रकम प्रदान गर्ने गरेको उहाँको भनाई रहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १०६ ले संहिता लागू हुनु पूर्व क्षतिपूर्ति रकम माग भए प्रतिवादीबाट भराउने प्रावधान रहेको अदालतले जनाएको छ । ज्यान मुद्दामा ३ जना संलग्न रहेका थिए । तीनजना सुधार केन्द्रमा रहेका छन् । ती मध्ये एक जना रिहा भएका छन् । दुई जनालाई अदालतको १६ वर्ष कैद सजाय दिने अदालतले फैसाला गरेको छ।

Shares

Be the first to comment on "दोलखामा मृतकका बाबुले पाए एकलाख क्षतिपूर्ति"

Leave a comment

Your email address will not be published.


*